Birat Post बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं ,१२ जेठ।

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनप्रसाद कोइराला पुनः जेल जानुपर्ने अवस्था सिर्जना भएको छ । सर्वोच्च अदालतले उनलाई यसअघि दिएको कैद छुटको आदेश उल्टिएसँगै कोइरालाको फेरि जेल यात्रा हुने भएको हो । बिहीबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा कुमार चुडालको पूर्ण इजलासले कर्तव्य ज्यान मुद्दामा कैद सहुलियत नहुने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय छुट दिन दिएको आदेश उल्टाइदिएको हो ।

आदेशमा जन्मकैदको सजायमा सहुलियत दिन नसकिने उल्लेख छ । १५ असार २०७७ मा जबरा र केसीको इजलासले चित्तमा लागेको भन्दै तजबिजी अधिकार प्रयोग गर्दै कोइरालाको कैद सजाय घटाउँदै साढे आठ वर्ष भुक्तान गरे हुने फैसला गरेको थियो । त्यसविरुद्ध ११ साउन २०७७ मा महान्यायाधिवक्ताको कार्यालयले उक्त आदेशविरुद्ध पुनरवलोकन रिट दिएको थियो । कोइराला २०६८ मा श्रीमती गीता ढकालको हत्या गरी शवसमेत नष्ट गरेको कर्तव्य ज्यान मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका छन् ।

कोइरालालाई ७ वैशाख २०७१ मा काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको थियो। जिल्ला अदालतले हत्याबाट नै श्रीमती गीता ढकालको मृत्यु भएको ठहर गरेको थियो । पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो । तर सर्वोच्च अदालतले २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो । सर्वोच्चको फैसलापछि कोइराला जेलबाट रिहा भएका थिए ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल