Birat Post सोमबार, जेठ १६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ जेठ ।
रिसिबी साध्नलाई कारवाही सिफारिस गरिएको भन्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौला विरुद्ध विराटनगर- ११ का कांग्रेस क्रियाशीलहरु विरोधमा उत्रेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै १ सय २३ क्रियाशील सदस्यहरुले कारवाहीका नाममा गरिएको निर्णयले लामो समयदेखी पार्टीमा काम गर्नेहरुको मानमर्दन भएको आरोप लगाएका छन् । उनिहरुले चोरबाटो प्रयोग गर्दै क्रियाशील सदस्य तथा नेतामाथी गरेको कारबाही गैरजिम्मेबारपूर्ण ब्यवहार भएको बताएका छन् । उनीहरुले विज्ञप्ति जारी गरी नेपाली काग्रेस नगर,क्षेत्र र जिल्ला पार्टी कार्यालयमा बोधार्थ समेत बुझाएका छन् ।

गएको बैशाख ३० गते भएको स्थानिय चुनावमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध असहयोग गरेको भन्दै कांग्रेसका किरण नेपाल –मोरङ क्षेत्र नं.६ (ख) उपसभापति, सन्जय नेपाल –वडा सदस्य, कुमारी शोभा दाहाल – केन्द्रीय महाधिबेशन प्रतिनिधि, विमल पोखरेल –नगर सदस्य र ध्रुवराज कोइराला –नगर सदस्यहरुलाई विराटनगर ११ का कांग्रेस वडा सभापति रामसुन्दर राजबंशीले कार्वाहीको लागि सिफारिस गरेका थिए । यो वडा कांग्रेस केन्द्रीय सदस्य डिला संगौलाको वडा पनि हो । उनैले टिकट दिलाएका राजबंशी हारेपछि संग्रौला कार्यकर्तामाथी दमनमा उत्रेकी हुन् ।

विज्ञप्तिमा १ सय २३ क्रियाशीलको हस्ताक्षर गरिएको छ । जसमा कारवाहीको विषय मुल मुद्धा बनाइएको छ । लोकतान्त्रिक व्यवस्थामा कारवाही न्यायसंगत हुनुपर्नेमा कार्यकर्ताले जोड दिएका छन् । विज्ञप्तिमा सहि गर्नेहरु वडाका बहुसंख्यक नेतृत्वदायी भुमिकामा रहेका मानिसहरु रहेका छन् । जसमा केन्द्रीय महाधिवेशन प्रतिनिधि २ जना,क्षेत्रीय प्रतिनिधि ५ जना,क्षेत्र ६ ख का उपसभापति १ जना,नगर सदस्य ३ जना,वडा कार्यसमितिको उपसभापति १ जना,वडा कार्यसमिति सचिव २ जना,वडा कार्यसमिति सदस्य १२ जना ,निर्वाचित वडा सदस्य २ जना र क्रियासिल सदस्य ९५ जनाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । यता सो विषयमा बुझ्नका लागि संग्रौला संग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल