Birat Post सोमबार, जेठ २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

– अनुज सापकोटा

विराटनगर,२३ जेठ ।

गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गराउने ‘ट्रेण्ड’ बढ्दो छ । डाक्टरले गर्भमा रहेको भ्रुणको लिङ्गको पहिचान पश्चात छोरी भए गर्भपतन गराउनेको संख्यापनि व्यापक बन्दै गएको छ । तर सामान्य अल्ट्रासाउण्ड वा भिडिओ एक्सरेको भरमा भ्रूणको लिङ्ग पहिचान गर्ने डाक्टर ‘ठग’ रहेको रहस्योघाटन भएको छ ।

नेपालमा वग्रेल्ती अल्ट्रासाउण्ड र भिडिओ एक्सरे क्लिनिक खुलेका छन् । गर्भवती महिलाहरू गर्भमा छोरा कि छोरी भन्दै यस्ता क्लिनिक धाउने गरेका छन् । छोरा भए जन्म दिने र छोरी भए गर्भपतन गराउने सोच अझै हट्न सकेको छैन । तर यदि कुनै डाक्टर वा रेडियोलोजिष्टले अल्ट्रासाउण्ड वा भिडियो एक्सरेकै भरमा छोरा वा छोरी भनेर बताउन सक्छ भने त्यस्तो डाक्टर वा रेडियोलोजिष्ट ठग रहेको किटान गरिएको छ ।

प्रदेश नं. १ को राजधानी विराटनगरमा शुक्रबार आयोजना गरिएको विभेदपूर्ण लिङ्ग छनौटको अन्त्यका लागि राष्ट्रिय रणनीति २०७८–२०८८ प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै कोशी अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलले अल्ट्रासाउण्ड र भिडियो एक्सरेको भरमा गर्भभित्र रहेको भ्रुणलाई छोरा वा छोरी भनेर बताउन सक्ने डाक्टरलाई ठगको संज्ञा दिएका छन् ।

उनले साधारण अल्ट्रासाउण्ड र भिडियो एक्सरेले कुनै पनि हालतमा गर्भमा हुर्किरहेको भ्रुण छोराको हो कि वा छोरीको हो त्यो भन्न नसकिने दावी गरे । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मन्जुरीमा पतन गर्न कानूनले मान्यता दिएको छ । समाज आधुनिक बन्दै गएपनि गर्भमा छोरी बस्यो भनेर गर्भपतन गराउने चलन घट्नुको साटो व्यापक बन्दै गएको छ । डा. खरेलले यदि कोइ डाक्टरले अल्ट्रासाउण्ड वा भिडियो एक्सरेको भरमा छोरा वा छोरी हो भनेर भन्छ भने त्यो हावादारी गफ बाहेक केही नभएको स्पष्ट पारे ।

उनले २४ देखि २८ हप्तासम्मको भ्रूणको पनि लिङ्ग किटान गर्नै नसकिने अडान कसे । डा. खरेलले भने,‘ इटहरीको एक क्लिनिकले भ्रुणको लिङ्ग किटान गर्ने गरेको छ भनेर विराटनगरबाट पनि अत्याधिक संख्यामा गर्भवती महिला त्यहाँ पुगे । तर त्यो सबै वाइहात हो । भ्रूणको लिङ्ग पहिचान भन्दै सर्वसाधारणलाई वेवकूफ बनाउने धन्दा थियो । ’ डा. खरेलले शरीरको शारीरिक संरचना जटिल भएको हुनाले बच्चा नजन्मिउँजेल छोरा वा छोरी भनेर दावी गर्ने स्थिति नरहने र कसैले त्यसो गरे त्यो ठगी हुने बताए ।

कोरियोनिक भील्लस स्याम्पलिङ(सीभीएस) भन्ने पद्दत्तिले मात्र लिङ्ग पहिचान गर्न सक्ने भन्दै अल्ट्रासाउण्ड वा भिडियो एक्सरेको नाममा उपकरण पेटमा घुमाएको भरमा छोरा वा छोरी नचिनिने डा. खरेलको तर्क थियो । नेपालमा सीभीएस चलनमा छैन । डाक्टरले हचुवाको भरमा अन्दाजी लिङ्ग पहिचान गरिदिँदा छोरी भन्दै छोरा भू्रणहरूपनि गर्भपतनको शिकार भएको डा. खरेलले जानकारी साझा गरे ।

कार्यक्रममा कृपाबाट प्रतिनिधि अर्चना श्रेष्ठ, प्रमुख आनन्द तामाङ, नर्सिङ अधिकृत सोनालक्ष्मी कर्माचार्य, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्कीले कार्यपत्र प्रस्तुत् गर्दै रणनीतिको उद्देश्यमाथि प्रकास पारेका थिए । कानून बमोजिम बाहेक लिङ्ग पहिचान गरी गरिने गर्भपतनको विरूद्धमा आवश्यक नीति, योजना तथा कार्यक्रमहरूको निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नु, लिङ्ग पहिचान गरी गरिने गर्भपतनाका विरूद्धमा सोच र व्यवहार परिवर्तन सम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउनु जस्ता उद्देश्य रणनीतिले बोेकेको छ ।

कार्यक्रममा बोल्दै विराटनगर उपमहानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, प्रदेश नं. १ स्वास्थ्य सचिव डा. अनुज भट्टचन र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको जनसंख्या व्यवस्थापन महाशाखा प्रमुख इन्द्रमणी पोखरेलले छोरीलाई पनि छोरा झैं महत्व दिएर लैङ्गिक समानता सुनिश्चित गर्नु पर्नेमा जोड दिए ।

-अनुज सापकोट न्यू सृष्टि दैनिकका बरिष्ठ संवाददाता हुन्

 

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल