Birat Post शनिबार, आषाढ ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

नुवाकोट,४ असार ।
ससुरालीमा श्रीमती लिन पुगेका एकजना पुरूषको हत्या भएको छ। बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थित एक घरमा ५६ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। ककनी गाउँपालिका वडा नम्बर ८ बस्ने तामाङ आफ्नो ससुरालीमा मृत फेला परेका हुन्।

ससुरालीमा श्रीमती लिन आएका एकबहादुरमाथि कुटपिट गरी हत्या गरिएको अनुमान प्रहरीको छ । हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतककी ३५ वर्षीया श्रीमती ज्ञानमाया, ६७ वर्षीय ससुरा चन्द्रबहादुर भन्ने ज्ञानबहादुर, ३४ वर्षीय दुखिराम र १४ वर्षीय बालक रहेका छन् ।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार घटना बुधबार मध्यराति भएको थियो। केही समयदेखि माइत बसेकी श्रीमती लिन मृतक ससुराली पुगेका थिए । घर जान नमानेपछि विवाद भएको र सोही क्रममा यस्तो घटना घटेको हुन सक्ने प्रहरीको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल