Birat Post सोमबार, आषाढ ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,६ असार।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन औराप्रविसंओ नेपालले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारले डिजेल र पेट्रोलको मूल्यवृद्धि गरेपछि संगठनले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई आन्दोलनको चेतावनी दिएको हो ।

‘मूल्यवृद्धि तत्काल फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्न पनि राप्रविसं नेपाल तयार रहेको र यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने प्रष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले स्वतः सबै क्षेत्रमा मूल्यवृद्धि हुने र आम जनताले यसलाई धान्न नसक्ने अवस्था आउनुअघि पेट्रोलियम पदार्थमा लगाइएको मूल्यवृद्धि फिर्ता लिन राप्रविसं नेपालले सरकारसँग माग गरेको छ ।

‘देशको आर्थिक अवस्था दयनिय बन्दै गएको अवस्थामा पेट्रोलियम पदार्थमा गरिएको पटक–पटकको मूल्यवृद्धिले महँगी आकासिने थाहा हुँदाहुँदै मूल्यवृद्धि गर्नु आपत्तिजनक छ,’ राप्रविसं नेपालले भनेको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल