Birat Post मंगलबार, आषाढ ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,७ असार ।

जतिसुकै दबाब आए पनि जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले मन्त्री फेर्न सकेसम्म ढिलो गर्ने र आलटाल गर्ने रणनीति अपनाएका छन् । योसँगै जसपा कुनै पनि बेला फुट्ने अवस्थामा पुगेको छ । नाम, झण्डा र चुनाव चिन्ह हात पार्नको लागि जसपाको दुवै पक्ष पार्टी कब्जा गर्ने रणनीतिमा पुगेको छ ।
पार्टी कब्जा गर्नको लागि बहमुत जुटाउन पर्ने हुन्छ । त्यसको लागि दुवै पक्षले भित्रभित्रै प्रयास गरिरहेका छन् । बहुमत गुम्ने डरले जसपाका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले मन्त्री फेर्न सकेसम्म ढिलो गर्ने रणनीति अपनाउने भएका छन् ।

मन्त्री फेर्ने वित्तिकै मन्त्री नभएकाहरू एक ठाउँमा आउने र उनीहरू अध्यक्षविरुद्ध उभिने सम्भावना हुन्छ । उपेन्द्र निकट एक सदस्यले भने, ‘मन्त्री फेरेमा सरकारमा ४ जनामात्र मन्त्री हुन्छन् । मन्त्री हुन नपाएका १३–१४ जना सांसद एक ठाउँमा आउँछन् र उनीहरू अध्यक्ष उपेन्द्र को विरुद्ध उभिने सम्भावना रहन्छ ।’ ती नेताले भने, ‘त्यसपछि अर्को लफडा शुरु हुन्छ ।’

उपेन्द्र निकट नेता प्रमोद साहले मन्त्री फेर्ने विषयमा पार्टीभित्र छलफल र गृहकार्य नभएको बताए । स्रोतका अनुसार अहिले जसपाका संसदीय दल र कार्यकारिणी समितिमा उपेन्द्र पक्ष बहुमतमा छ । मन्त्री हुने आकांक्षाले अहिले धेरैजसो सांसद तथा कार्यकारिणी समितिका सदस्यहरू खुलेका छैनन् ।

चार सय ९९ सदस्यीय केन्द्रीय समितिमा भने भट्टराई पक्ष बहुमतमा रहेको भने डा बाबुराम भट्टराई पक्षीय नेताहरूको भनाइ छ । उपेन्द्र निकट अर्का एक नेताले भने, ‘अहिले हामी बहुमतमा छौं । मन्त्री फेर्ने वित्तिकै पार्टीभित्रको आन्तरिक समीकरण फेरबदल हुन सक्छ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल