Birat Post शनिबार, आषाढ ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ११ असार ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीका केन्द्रीय प्रशिक्षकलाई प्रशिक्षण दिँदैछ । देशभर प्रशिक्षण अभियान चलाउन आज र भोलि राप्रपाले केन्द्रीय प्रशिक्षकलाई प्रशिक्षण दिन लागेको हो । काठमाडौंको एक होटलमा सुरु भएको प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट ५५ जना नेता कार्यकर्ताहरु सहभागीका रहेकोपार्टी सचिवालयले जनाएको छ ।

प्रशिक्षकहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको अबको रणनीति विषयमा प्रशिक्षण दिनेछन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा कार्यकर्ताहरूलाई प्रशिक्षित गरिने छ ।

साथै उपाध्यक्ष प्रधान, पूर्वमन्त्री निरञ्जन थापा, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, प्रवक्ता भक्तिप्रसाद सिटौला, सहायक महामन्त्री रमानन्द न्यौपानेलगायत १४ भन्दा बढी प्रशिक्षकले प्रशिक्षण दिनेछन् ।

राप्रपाले प्रदेश तहमा प्रशिक्षण सञ्चालन गर्ने, भ्रातृ संगठनलाई प्रशिक्षण दिने, जिल्ला र क्षेत्रीय तहसम्म प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने तयारी स्वरुप केन्द्रिय प्रशिक्षकलाई तालिमको आयोजना गरेको जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल