Birat Post आइतबार, आषाढ १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,१२ असार ।
मोरङको रतुवामाई नगरपालिकामा समयमा नगरसभा हुन सकेको छैन । नगरको विकासमा समेत चरम राजनीति देखिएको छ । बहुमत र अल्पमतको आधारमा जादा प्रमुख नागेश्वरप्रसाद सिंहले कार्यपालिकाको बैठकनै राख्न नसकेका हुन् । सिंह नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख हुन् । पालिकामा उपप्रमुखसहित ११ जना एमालेका सदस्य छन् भने माओवादी केन्द्रबाट ४ जना कार्यपालिका सदस्य छन् । पालिकाको निर्वाचनमा काँग्रेस र माओवादीले गठबन्धन गरेर एमालेसँग प्रतिस्पर्धा गरेका थिए । यता कार्यपाालिको निर्वाचनमा भने एमाले र माओवादी मिलेर कांग्रेस संग प्रतिस्पर्धा गरेका थिए ।

स्थानीय तहले असार १० गते नगरसभामार्फत् आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएपनि रतुवामाईले राजनीतिक विवादका कारण बजेट ल्याउन नसकेको हो। १७ वटा स्थानीय तह भएको मोरङका बाँकी १६ वटा स्थानीय तहले भने नीति, कार्यक्रम र बजेट ल्याइसकेका छन्। तर रतुवामाई नगरपालिकामा भने विवादका कारण नगरसभा अन्योलमा परेको छ।

अहिलेसम्म ३ वटा कार्यपालिकाको बैठक बसेको भएपनि विषयगत समिति निर्माणमा सहमति जुट्न नसकेको बताइएको छ । नगर प्रमुख  सिंहलाई बहुमतको दम्भनै समस्याको जड बन्दै गएको छ । विषयगत समिति बनाएर बजेट निर्माण गर्नुपने एमालेको माग छ । उपप्रमुख दमयन्तादेवि चुँडालले पालिका प्रमुख सिंहले समन्वय नगरेकै कारण बजेट नआएको जिकिर गरेकी छन् ।
प्रमुख सिंहको कार्यपालिकामा बहुमत छैन । एमाले र माओवादीको कार्यपालिकामा बहुमत भए संगै सिंहले सोचे अनुरुप काम गर्न सकिरहेका छैनन् । नगरवासीहरुले विकासका विषयमा राजनीति नगर्न सुझाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल