Birat Post मंगलबार, आषाढ १४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,१४ असार ।

मनसुन शुरु भएसँगै नदीमा जलको प्रवाह बढेको छ । लगातारको बर्षाले पूर्वका ठुला नदीहरुमा खतराको सीमा बढेको छ । बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार मङ्गलवार बिहान पूर्वका कोशी, चुरिया, कन्काई उर्लेका छन् । कोशी नदी अन्तर्गत सुनसरीको तरहरा, कोशी चुरिया नदीको मोरङको लेटाङको बहाव उच्च छ । सुनसरीको तरहरामा ११२। ६ मिलिमिटर पानी बहाव छ । त्यस्तै कन्काई नदी अन्तर्गत झापाको दमक र शनिश्चरे मा १०५ मिलिमिटर पानी बहाव भएको छ ।

चन्द्रगढी विमानस्थल र कन्काई क्षेत्रमा उच्च बाढी आएपछि पानीको सतह समेत उच्च भएका महाशाखाको तथ्याङ्कमा उल्लेख छ । विराटनगरका केशलिया र सिघाइ नदीमा पनि पानिको बहाव बढेको छ । पानिको बहाव बढे संगै विराटनगर पनि डुबानमा परेको छ । महाशाखाले २४ घण्टाको अवधिलाई मानेर एक घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर, १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटर वर्षा भएमा खतराको सङ्केत दिने गरेको छ ।

तस्वीर : जगत गिरी 

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल