Birat Post शुक्रबार, आषाढ १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

– रोशिका अधिकारी

काँग्रेसबाट प्रदेश १ सरकारको नेतृत्व लिनेहरु प्रमुख हर्ताकर्ताहरुनै छन् । गठबन्धनको सरकार बनाउदै ताका आलो पालोमा सरकार बनाउने भद्र सहमति अहिलेसम्म ओझेलमै परेको छ । सरकार परिवर्तन भइहाले पद पो नपाइने हो की भन्ने चिन्ता एकातिर छ । सरकार परिवर्तनका लागि रोलमोडल गर्नेहरुमा जागरुकतानै नभए पछि सरकारमा सहभागी दलमध्ये प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली काँग्रेसले नेतृत्व गर्ने अवसर गुमाउने हो की भन्ने चर्चा यतिबेला चल्न थालेको छ ।

प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री छन् । प्रदेशसभामा नेपाली काँग्रेसका २१ जना सांसद छन् । यता सत्तारुढ दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रमा यही समस्याले गाजेको छ । सत्ता परिवर्तन हुदा पद गुम्ने डर अहिलेका मन्त्रीहरुलाई पनि छ । माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने एक प्रदेशसभा सदस्यले भने “अहिले सत्ता परिवर्तनको कुरा गर्यो भने मन्त्री ज्यूहरु रिसाइहाल्नु हुन्छ ।” केही मन्त्रीका समर्थक प्रदेशसभा सदस्यहरु भने निर्वाचन नजिकिन लागेको र दुई, चार महिनाका लागि सरकार गिराउने खेलमा लाग्न नहुने तर्क गर्छन् ।

प्रदेशसभामा माओवादी केन्द्रका १५ सांसद छन् । सवैभन्दा कम सांसद भएको दल नेकपा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री छन् । उनले सरकार परिवर्तनको साटो मन्त्रीहरु थप गर्ने कुरा सार्वजनिक गरिसकेका छन् । प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ३८, काँग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीको १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना सांसद गरी ८९ जना सांसद छन् ।

सरकारमा सहभागी दलमध्ये प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली काँग्रेस वा सत्तारुढ दल माओवादी केन्द्रले प्रदेश १ सरकारको नेतृत्व गर्ने अवसर तै चुप ,मै चुप गरेर गुमाउने स्थितिमा पुगेको छ । आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भए पनि यस कुरामा छलफलनै हुन नसकेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले बताए । उनले सरकार परिवर्तनका विषयमा पार्टीमा छलफल चलाउने बताए ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल