Birat Post शुक्रबार, आषाढ २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ असार ।
विराटनगर रानीमा खुकुरी प्रहार गरी हत्या प्रयास भएको घटना सार्वजनिक भएको छ । घटना गत असार २२ गते भएपनि अपराधी पक्राउ नपरेपछी पिडित व्यक्तिले सञ्चारमाध्यमको सहयाता मागेका छन् । अपराधमा सम्लग्न पक्राउ पर्ने आसमा रहेका विराटनगर १८ खोक्साहाका हरेराम मण्डलले इलाका प्रहरी कार्यालय रानीमा जाहेरीपत्र बुझाएका थिए ।

खुकुरी प्रहारबाट सक्त घाइते बनेका हरेरामले दुइदिन बित्दा समेत अपराधी पक्राउ नपरेको र आफु थप असुरक्षित भएको विराटपोष्टलाई बताए । विराटनगर बाट रानी जाने क्रममा विराटनगर १८ खोक्साहका उमानन्द यादव (टन्टुडन्टु) र साजन यादवले रानी ,विराटनगर राजमार्गको सडकमै खुकुरी प्रहार गरी घाइते बनाउनका साथै ४० हजार रुपैया लुटेर भागेका थिए ।

हत्या गर्न खोजे पनि बाटोमा रहेका ब्यक्तिहरु देखेपछी उनिहरु भागेको पिडित ब्यक्तिको भनाइ छ । फरार अपराधिहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रमुख महेन्द्र दर्नालले जानकारी दिए । उनिहरु अपराध सजाय भोगेर हालै जेलजीवन मुक्त भएका ब्यक्तिहरु हुन् । पछिल्लो समय रानी क्षेत्रमा चोरी र अपराधका घटनाले बढवा पाइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल