Birat Post सोमबार, आषाढ २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ असार ।
उच्च सरकारी वकिल कार्यालय विराटनगरले कानूनी सचेतनाका लागी समूदायमा सरकारी वकिल कार्यक्रम योजनालाई प्रभावकारी ढंगले अगाडि बढाएको छ । कानूनि सचेतना जगाएर सबैलाई न्यायको पहुँचमा ल्याउन यो कार्यक्रम प्रभावकारी मानिएको छ । कानूनि साक्षरता र सचेतना अभावका कारण विभिन्न घटनाका पिडित र हिंसामा परेकाहरुले न्याय पाउनबाट बञ्चित हुन परेको भन्दै कार्यलयले हालै सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

उच्च सरकारी वकिल कार्यालय विराटनगरले यहि असार २५ गते मोरङको बेलवारी नगरपालीका –६ र र ग्रामथान गाउँपालिका–३ मा आयोजना गरेको समूदायमा सरकारी वकिल कार्यक्रममा सहभागीहरुले घरपरिवार, छरछिमेक र समाजबाट आफुमाथी हिंसा र दुव्र्यवहार हुँदा , कुटपिट, ठगिमा पर्दा ,झुटा आरोप लाग्दा, अंश नपाउँदापनि कानूनि न्यायकालागि लड्ने स्थान र प्रकृया थाहा नपाउँदा अन्याय सहेर बस्नु परेको गुनासो पोखेका छन् ।

सहभागी स्थानियवासीहरुले कानूनि उपचार खोज्न कहाँ जाने, कसरी उजुरी दिने, मुद्दा मामिला गर्दा झन्झटिलो हुन्छ भनेर गाउँघरमा भन्ने गरेका कारण न्यायकालागि आफुहरु लड्न नसकि अन्याय सहेर बस्नुपरिरहेको पिडा व्यक्त गरेका थिए । उनिहरुले समाजमा महिलामाथी हिंसा, बलत्कार, दुव्र्यवहार जस्ता घटना हुँदासमेत गाउँ समाजमा बदनाम हुने डरले न्यायकालागि लड्न पिडितहरुले नसकिरहेकोले न्यायकालागि कानूनि उपायका वारे जानकारी गराउन आग्रह गरेका थिए ।

सहभागीहरुको प्रश्नको कानूनि उपचारको विधि र प्रकृयाका वारेमा जानकारी दिंदै उच्च अदालत सरकारी वकिल कार्यालय विराटनगरका प्रमुख सहन्यायधिवक्ता कोषहरी निरौलाले महिला हिंसा,बलत्कार,दुव्र्यवहार जस्ता जघन्य अपराध हुँदा प्रहरी प्रशासनमा उजुरी दिन सकिने र त्यस्ता मुद्दाको वहस पैरवी सरकारी वकिलबाटै हुने र कुनै खर्च नलाग्ने जानकारी गराएका थिए । उनले गाउँ समाजमा हुने घटनाहरुलाई कसैलेपनि गुम्स्याएर राख्ने भन्दा कानूनि उपचार खोज्न आग्रह गर्दै अपराधिलाई कानूनि दायरामा ल्याउन समाजका सबै नागरिकको कर्तब्य भएको बताए ।

त्यस्तै उच्च सरकारी वकिल कार्यालय विराटनगरका उपन्यायधिवक्ता भोलानाथ निरौला र पदमप्रसाद वस्ती तथा सहायक न्यायधिवक्ता मदन न्यौपानेले महिला हिंसा, बलत्कार, दुव्र्यवहार , कुटपिट, ठगि , हत्या जस्ता विषय फौजदारी न्यायसँग सम्बन्धित भएकोले प्रहरी प्रशासनमा निवेदन दिई घटनाको जानकारी गराई कानूनि उपचार खोज्नु पर्ने र अंश लगायतका विषयहरु देवानी न्यायसँग सम्बन्धित हुने भएकोले जिल्ला अदालतमा मुद्दा दिएर न्याय लिन सकिने जानकारी दिएका थिए । उनिहरुले देवानी प्रकृतिका केहि विषय अहिले स्थानिय पालिकाहरुमा रहेको न्यायिक समितिबाटै न्यायनिरुपण हुने र त्यहाँबाट समाधान हुन नसके अदालतमा न्यायकालागि मुद्दा दिन पाइने व्यवस्था रहेको समेत जानकारी दिएका थिए ।

कार्यक्रममा ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुले स्थानिय तहमा रहेको सिमित न्यायिक क्षेत्राधिकारलाई अझ विस्तार गरि जनताको घरदैलोमा पु¥याई छिटो छरितो न्याय सेवा दिएको अनुभूति दिलाउन सहकार्यको खाँचो रहेको बताए । उनले कानूनि उपचारका विषयमा जानकारी दिई सबैलाई न्यायको पहुँचमा ल्याउन यस किसिमको कार्यक्रम फलदायी हुने भएकोले आउने दिनमापनि यस्ता कार्यक्रम गर्न आग्रह गरेका थिए ।त्यस्तै वेलवारी नगरपालीका वडा नम्बर ६ का वडाध्यक्ष टेक बहादुर राईले यस किसिमका कार्यक्रमबाट गाउँघरमा कानूनि साक्षरता र सचेतना अभिबृद्धि गरि कानूनि समस्याहरु समाधान र पिडितहरुलाई न्याय प्राप्तिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजसेवी डम्बर राईले न्यायको पहुँचमा पुग्न नसकेका पिडितहरुलाई यस किसिमका कानूनि जागरण गराउने कार्यक्रमहरुले न्याय दिन र पिडकलाई कानूनी दायरामा ल्याई सजाय दिलाउन मद्दत पुग्ने विश्वास लिंदै आउँदा दिनमा यस किसिमका कार्यक्रमको संख्या थप गरेर कुना काप्चामा पुग्न कार्यालयलाई सुझाव दिएका थिए । कार्यक्रममा नगरपालिका तथा गाउँपालिकाका अन्य वडावासीहरुको समेत उपस्थिति रहेको थियो । उच्च सरकारी वकिल कार्यालय विराटनगरले न्यायमा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्ने उद्देश्यले यस किसिमको कार्यक्रम केहि वर्षदेखि आफ्नो कार्यक्षेत्रमा गर्दै आइरहेको जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्राथमिक उपचारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
रास्वपाको असोज १ र २ गते राष्ट्रिय भेला हुने
भारतीय कम्युनिष्ट नेता यचुरीको निधन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल