विराटनगर,३० असार ।
मोरङका ११ सहित १३३ जना कानून व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् ।सर्वोच्च अदालतले बुधवार पूर्ण बैठक बसी १३३ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।
मोरङबाट युगेश्वर शाहा,गणेशराज लुइटेल, शान्तिरा मभण्डारी, डिल्लि बहादुर कार्की, भोजराज श्रेष्ठ,भानुभक्त निरौला,भरत बहादुर थापा, प्रकाश बाबु पन्त, जगन प्रसाद फुयाल, युवराज कुमार भण्डारी र सीताराम कोइरालाले वरिष्ठ अधिवक्ताको उपाधि पाएका हुन ।
नेपाल कानून व्यवसायी परिषद्, ऐन २०५० को दफा २१ बमोजिम अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतले जारी गरेको सूचनामा भनिएको छ ।