Birat Post आइतबार, साउन ०१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

रोशिका अधिकारी

विराटनगर,१ साउन ।

केही नाम चलेका संस्था र राज्यका निकायहरुनै सडकमा गाडिएका विजुलीका पोलहरु कुरुप बनाउने काममा लागेको भेटिएको छ । विराटनगर महानगरमा विजुलीका पोलहरुमा पोष्टर टासेर सहर कुरुप बनाउनेहरुको पहिचान गर्न कुनै कठिनाइ बेहोर्नु पर्दैन । सामान्य मानिसले पनि निष्कर्ष निकाल्न सक्छ पोलहरु कसले कुरुप बनाइरहेका छन् । विराटनगरमा नाम चलेको लर्डबुद्ध एकेडेमी पोल कुरुप बनाउनेमा एक नम्बरमा देखिन्छ । यसले टासेका पोष्टरहरु पोलहरुमा च्यातिएर फर,फर गरिरहेका छन् । अधिकांश स्थानमा यसको व्यानर देख्न सकिन्छ ।

दोस्रोमा राज्यकै सुरक्षा अंग ट्राफिक प्रहरीले नोपार्किङ्गका लागि सडकमा झुण्डाएका वोर्डहरुले पोललाई मात्रै कुरुप बनाएकोछैन ,पार्किङ्गका लागि समेत मानिस झुक्किने क्रम बढेको छ । ट्राफिकले राखेका पोष्टरहरु कुनै च्यातिएका छन् भने कुनै पोलको मुनी लडिरहेको देख्न सकिन्छ । यस्तै बजाजको एक्सचेन्ज अफरवाला ब्यानरले पनि पोलहरु कुरुप भएको देखिन्छ । त्यस्तै पोलहरुमा नेकपा एमाले ,माओवादी, देखि कांग्रेसका थोेत्रे झण्डाहरु उधोमुन्टी लगाएर फरफराइ रहेका छन् । यी माथिका संस्था र पात्रहरु एउटा प्रतिनिधिमुलक घटनाका अवस्थिति हुन् । यी संगै विभिन्न संघ संस्थाहरुका पोष्टरहरुले पोल र भित्ता कुरुप बनाउने काममा सघाउ गरिरहेका छन् । उपभोक्ता तथा अधिकारबादी उत्तम ढुङ्गेल भन्छन्,हरेक कुराको अनुगमन हुनुपर्ने हो तर भइरहेको छैन । पुराना वोर्डहरु हटाउने,पोल तथा भित्तामा पोष्टर टास्न कडाइ गरिनुपर्ने हो तर भइरहेको छैन । यसका लागि अझै चेतनामुलक काम गर्न म सुझाव दिन्छु ।,,

विराटनगर महानगरका सडकमालागेका पोलहरु एडिवि प्रोजेक्ट अन्तरगत सडक बन्दै लागेका हुन् । नयाँ पोलहरुमा जथाभावि पोष्टर ,पम्लेट र विभिन्न विज्ञापनजन्य सामाग्री मनखुसी टास्ने प्रविर्ती हावि हुदै जादा पोल संगै सहर कुरुप बनेको आवास हुन थालेको छ । यसका लागि विराटनगर महानगरले सचेतनाका कार्यक्रम पनि नगरेको त होइन तर उचित अनुगमन अभावमा भने सहर कुरुप हुन छाडेको छैन ।

केही दृष्यहरु :

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल