Birat Post मंगलबार, साउन ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,३ साउन ।

पश्चिमी युरोपका केही भाग चरम गर्मीको चपेटामा परेका छन् । उच्च तापक्रमले फ्रान्स र स्पेनका जङ्गलमा आगो लागेको छ । पोर्चुगलमा खडेरी बढ्दै गएको छ भने बेलायतमा सोमबार अहिलेसम्मकै तेस्रो सबैभन्दा तातो दिन बनेको छ । दक्षिण पश्चिम फ्रान्सको गिरोन्डेमा हजारौं एकडमा आगो लागेको छ । यसलाई नियन्त्रणका लागि अधिकारीहरुले एक हजार सात सय फायर फाइटरहरू खटाएका छन् ।

फ्रान्सेली राष्ट्रिय मौसम विज्ञान सेवा फ्रान्सका अनुसार नजिकैको शहर कजक्समा सोमबार ४२.४ डिग्री सेल्सियस (१०८.३ डिग्री फरेनहाइट) तापमान रेकर्ड गरिएको छ । एक सय वर्षअघि मौसम स्टेशन खोलिए यता यो पहिलो पटकको सबैभन्दा उच्च तापमान हो । नान्टेस र ब्रेस्टलगायत पश्चिमी फ्रान्सका प्रमुख शहरहरूले पनि अहिलेसम्मकै उच्च तापमान रेकर्ड गरेका छन् ।

स्पेनमा आइतबार क्यास्टिल र लियोनको मध्य क्षेत्र एवं ग्यालिसियाको उत्तरी क्षेत्रमा आइतवारलाई भयानक आगलागी भएको छ । आगोकै कारण राज्य सञ्चालित रेलवे कम्पनीले म्याड्रिड र ग्यालिसिया बीचको सेवा अवरुद्ध गरेको थियो । यस वर्ष स्पेनमा आगलागीका कारण ७० हजार हेक्टरभन्दा बढी क्षेत्र नष्ट भएको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार बताएका छन् । ु७० हजार हेक्टर पछिल्लो दशकको औसत भन्दा झन्डै दोब्बर क्षेत्रमा भएको आलागी हो, उनले भनेका छन् ।

देशको कार्लोस ती स्वास्थ्य संस्थानले सोमबार अत्यधिक मृत्युको तथ्याङ्कीय गणनाको आधारमा देशमा ५१० भन्दा बढीको गर्मीकै लहर सम्बन्धी मृत्यु भएको जनाएको छ । छिमेकी मुलुक पोर्चुगलमा पनि सयौंको मृत्यु भएको छ । त्यहाँको बढ्दो तापक्रमले खडेरीलाई गम्भीर तरिकाले बढाएको छ। पोर्चुगलको स्वास्थ्य मन्त्रालयले विगत सात दिनमा ६५९ जना खासगरी वृद्ध व्यक्तिको मृत्यु भएको जनाएको छ ।

उत्तरी पोर्चुगलमा डढेलोबाट भाग्न खोज्दा गाडी पल्टिँएर सोमबार एक वृद्ध दम्पतीको समेत मृत्यु भएको छ । दक्षिणी युरोपमा चलिरहेको गर्मीको लहरका कारण कुलमा एक हजार एक सय भन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । यो साता गर्मीको लहर उच्च हुने अनुमान गरिएको छ । देशभर गर्मीको लहर चलिरहेको बेला फ्रान्सको राजधानी पेरिसको तापक्रम मंगलबार ३९ डिग्री सेल्सियस (१०२.२ डिग्री फरेनहाइट) पुग्ने अनुमान गरिएको छ ।

बेलायतमा सोमबारको तापक्रम पूर्वी इङ्गल्याण्डको स्यान्टन डाउनहममा ३८.१ डिग्री पुगेको छ । यो अहिलेसम्मकै तेस्रो तातो दिन बनेको छ । अधिकारीहरुले तापमान अझैं बढेर स्थिति खतरनाक हुन सक्ने चेतावनी दिएका छन् ।मौसम विभाग मेट अफिसका सीईओ पेनेलोप एन्डर्सबीले मंगलबार तापमान अझैं बढ्न सक्ने चेतावनी दिएका छन् । मंगलबार बेलायतमा ४० डिग्री भन्दा बढी तापमान पुग्न सक्ने चेतावनी मौसम विभागले दिएको हो ।

जलवायु परिवर्तनका चरम असरहरु देखिँदै गइरहेको अवस्थामा पनि कार्बन उत्सर्जन न्यूनीकरणका योजनाहरु भने कार्यान्वयनको स्थितिमा छैनन् । कोभिड १९ को महामारी र रुस र युक्रेनबीचको युद्धका कारण वैश्विक अर्थतन्त्रमा हावी उथलपुथलले जलवायु परिवर्तन न्युनिकरणका लागि यो दशकमा उल्लेखनीय काम नहुने संकेत गरेको देखिन्छ । यसले आउँदा दशकमा स्थिति झनैं संकटग्रस्त बनाउँदै लैजानेछ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल