विराटनगर,३ साउन ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए ।
संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।” पोखरेलको भनाइ थियो । आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्ने दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताए ।
यसै गरी प्रदेश नं १ को नामकरण प्रदेश सभाको एकल अधिकारको विषय भएको बताए । उनले प्रदेशको नामकरणका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुने किसिमको हुनु पर्ने कुरामा जोड दिएका छन् ।