Birat Post शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी प्रशिक्षणमा जुटेका छन् । उनले पार्टीको धारणा जनतालाई बुझाउन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा विराटनगरमा आयोजित प्रदेश नं १ स्तरीय दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्न र पार्टीका मुद्दाहरु जनतामाझ लान लिङ्देनले आग्रह गरे ।

अध्यक्ष लिङदेनले पार्टीको जनमत वृद्धि गर्न स्थानीय पालिकाहरुमा संगठन निर्माण गर्न र त्यहाँ नेतृत्व लिने मानिस जन्माउन आग्रह गरे । राप्रपा चाढैनै देश परिवर्तनको संवाहकको रुपमा देखा पर्ने भन्दै लिङ्देनले निर्वाचनलाई जीवनमरणको रुपमा लिन कार्यकर्ताहरुलाई आग्रह गरे । अध्यक्ष लिङ्देनले भदौ अन्तिममा निर्वाचनका लागि उम्मेदवारको सूचि जारी गर्ने जानकारी दिँदै सोही महिनादेखि मुलुकभरी अभियानको रुपमा पार्टी प्रवेश तथा आमसभाको आयोजना गर्ने बताए ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, केन्द्रीय सदस्य डा. राजेश गिरी र सह प्रवक्ता दिनेश साह लगायतले धार्मिक स्वतन्त्रत सहितको हिन्दू राष्ट्र स्थापित गर्ने पार्टीको एजेण्डालाई स्थापित गराउन निर्वाचन केन्द्रीत हुनुपर्ने बताए । प्रशिक्षक प्रशिक्षणमा प्रदेशका १४ जिल्लाका अध्यक्ष,संसदीय क्षेत्र, प्रदेश सभा सदस्य क्षेत्र, महिला गरी २०० जनाको सहभागिता रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल