Birat Post बुधबार, भाद्र १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

टेकेन्द्र ओझा

विराटनगर ,१५ भदौ । सेवाग्राहीको चाप बढेसँगै यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा सेवा प्रवाहमा समस्या आएको छ । ८ जनाको स्थायी दरबन्दी सहित १२ जना कर्मचारी रहेको यस कार्यालयमा केही समय अघिदेखि सवारी लाइसेन्सको परीक्षासमेत सुरु भएपछि सेवा प्रवाहमा समस्या आएको हो ।

सो कार्यालयका सूचना अधिकृत गिरिजा पराजुली अनुसार सवारी लाइसेन्स वितरण सुरु भएपछि सेवाग्राहीको संख्या ह्वात्तै बढेको र कर्मचारीको संख्या कम भएकाले सेवा प्रवाह गर्न असहज भएको हो । कर्मचारी संख्या बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको पराजुलीले बताउनु भयो ।

आर्थिक वर्ष २०७८(८९ झण्डै २८ करोड बराबरको कर संकलन गरेको उक्त कार्यालयले यस अघि नयाँ सवारी दर्ता, नामसारी, ब्लुबुक नवीकरण, जाचपाँस, रुट परमिट जारी, रुट नवीकरण, सवारी कर संकलन, लाइसेन्स नवीकरण लगायतका सेवा दिँदै आएको थियो भने साउन १६ बाट नयाँ सवारी लाइसेन्स वितरण सुरु गरिएको हो ।

मोपेड, स्कुटर, मोटरसाइकल, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, सीटी सफारी, ट्याक्टरसमेतका सवारीसाधनको लाइसेन्स वितरण भइरहेको यस कार्यालयबाट आईतबार देखि बुधबार सम्म हरेक दिन सवारी लाइसेन्स परीक्षाको लागि २ सय कोटा निर्धारण गरिएको छ र अहिले सम्म झण्डै २२ सय जनाले नयाँ सवारी लाइसेन्सको लागि परीक्षा दिइसकेका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्सको च्याम्पियन
देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख भएको पूर्व न्यायाधीशहरुको ठहर
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल