काठमान्डौ,२६ भदौ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरे सगै चुनावी सरगर्मी बढेको छ ।
आयोगद्वारा जारी सूचनामा असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्ने उल्लेख छ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित बताइएको छ । सच्याएको बन्दसूची असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने छ ।