Birat Post बिहिबार, आश्विन १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

कोरोना महामारीले ठप्प बनाएका बेला  गोप्य खाद्यान्न बितरणमा सहभागी विराटनगरका युवा नेता बिनायक पन्त स्थानीयको रोजाइमा परेका छन् । उनलाई आगामी निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदेशसभामा सिफारिस गरिएको छ । पार्टी भित्र र बाहिर पनि उत्तिकै इमान्दार छवी बनाउन पन्त सफल भएका छन् ।

विराटनगर ८ र ७ को सीमामा रहेको हाटखोलामा भोको पेट बसेका सयौंलाई चामल, दाल, तेल, नुनका प्याकेट बितरण गरेर परिचय नदिई हिंडेका पन्त स्थानियमाझ चर्चित छन् । मोरङ कटहरी ४ नेपाली कांग्रेसका बुथ सभापति मनोज कार्कीले भने–‘ कोरोनाकालमा खान नपाएकाहरुलाई प्रचार नगरी पन्तले गरेको अभियानले उनलाई चिनाएको हो ।

कोरोना संक्रमण गाउंसम्म फैलिएपछि पन्तले उपकरण र औषधि खरिद गरेर घरघरमा सेनिजाइर लगाउंन युवाको सहायता लिएका थिए । कटहरी चम्राहीका इस्राफिल शेख टोलटोलमा सेनिटाइजर उपकरण बोकेर आफुहरु सेवा गर्न गएको बताउंछन् । २०७४ को बाढीमा सिंघिया खोला किनारका डुबान पीडितलाई पन्तले घरघरमा खाद्यान्न लिएर गएका थिए ।

‘मान्छे भोको हुंदा, आफु कसरी अगाउंन सकिन्छ ? पेट त सबैको उस्तै हो’ पन्तले भने–‘आफु खाएर अरुवाई सेवा गर्न सक्ने थिएं, प्रचार हैन सेवा गर्दै आएको छु ।’ २०४६ सालदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध भएर राजनीतिक सेवा गर्दै आएको बताउंने पन्त आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेशसभामा उमेदवारको सिफारिसमा परेका ब्यक्ति हुन् ।

राजनीतिलाई पेशा नभई सेवा बनाएर काम गरेकाले पार्टीेबाट सिफारिसमा परेको उनको भनाई छ । कमाईको निश्चित प्रतिशत सेवाका लागि छुट्याउंने गरेका उनलाई स्थानीय युवाले निर्वाचनका लागि नेताका रुपमा अगाडी सारेका छन् । ‘मधेस आन्दोलनमा जातीय भेदभावको हिंसा हुंदै गर्दा उहांको उपस्थिती हुन्थ्यो, अनि मात्रै भड्कीएका मानिस जात छाडेर मानवीय कुरामा लाग्थे’ कटहरी २ का कांग्रेस बुथ सभापति संजय मण्डलले भने ।

देशकै पुरानो पार्टीले समाजको सेवामा समर्पित नयां उमेदवारलाई निर्वाचनका लागि तयार गरे समाज र देशका लागि लाभ हुंने उनले बताए । ‘राजनीति पार्टीका लगि भन्दापनि समाजका लागि गरें, राजनीतिमा मेरो स्वार्थ समाजका लागि हो’ पन्तले भने–‘सेवामा धनको तुलना हुंदैन, परिवार पछि त समाज नै हो अनि देश ।’

 

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल