Birat Post बुधबार, आश्विन २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ असोज /

मोरङ क्षेत्र न ६ (ख) प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका सुरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार गोपाल रेग्मीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन । निर्वाचन आयोगको तालीका अनुसार वुधबार दिउसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । श्रेष्ठले अन्तिम समयमा आएर आफ्नो समर्थन रेग्मीलाइ रहेको भन्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरे ।

निर्णय क्षमता ,कार्य क्षमतासँगै बिकासका सवालम कसैसँगै नझुक्ने निडर रेग्मी जस्ता उम्मेदवार अहिलेका मतदाताको माग रहेकोले आफूले पनि समर्थन गरेको श्रेष्ठले बताए । अहिलेको चुनावमा पार्टी भन्दा राम्रो व्यक्ती जनताले चाहेको छ श्रेष्ठले भने , क्षेत्र न , ६ (ख) को बिकासका सबालमा रेग्मी उपयुक्त पात्र हुन । त्यसैले मैले समर्थन गरे ।

नेपाली कांग्रेस वडा न , ५ का क्रियासिल सदस्य समेत रहेका श्रेष्ठ जेष्ठ नागरिक समाज विराटनगरका सचिव र वडा न , ५ का अध्यक्ष हुन । उनी धेरै सामाजिक संघ संस्थामा आवद्ध छन । पञ्चेश्वर शिव मन्दिरको अध्यक्ष , राष्ट्रिय विभूती शंखघर साख्वा प्रतिष्ठानको अध्यक्ष , चैनपुर समाज र नेवा जिल्ला समितिको अध्यक्ष छन र निर्माण व्यवसायी समेत हुन । उनले रेग्मीलाई समर्थन गरेको बताएका छन् ।

 

 

 

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल