Birat Post बुधबार, आश्विन २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,२६ असोज ।

नेपाली कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिनेलाई पार्टीबाट निष्कासित गरेको छ । बुधबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै विधानको धारा ३४ (४) क अनुसार बागी उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई ५ वर्षका लागि पार्टीबाट सदस्य समेत नरहने गरी निष्कासित गरिएको जानकारी दिएका हुन् ।

गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । सो अवधिमा केहीले बागी उम्मेदवारी फिर्ता लिए पनि अधिकांश प्रभावशाली नेताहरुले भने फिर्ता लिएनन् । उनीहरुलाई कांग्रेसले पार्टीको विधान २०१७ संशोधनसहितको धारा ३४ (१) घ उल्लघंन गरेको भन्दै कारवाही गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
चुनाव लक्षित विराटनगर एमालेको वनभोजः तिक्तता मेटेर एक हुने प्रण
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली
कांग्रेस उपसभापतिमा फरमूल्लाह मन्सुर सर्वसम्मत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल