Birat Post शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी,१९ कात्तिक ।
सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवार रहेका सीताराम मेहता अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मेहतालाई पुनः गठबन्धनको साथमा कांग्रेसले उम्मेदवार बनाएको छ ।

मेहता अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर संविधानमाथि प्रहार गरेको बताउँदै आएका छन् । लोकप्रिय नेताको रूपमा छवि बनाएका उनले अघिल्लो निर्वाचनमा ‘गरिबको नेता, सीताराम मेहता’ भन्ने नारा झनै चर्चित बनेका थिए ।जनतामाझ सरल, इमानदार र स्वच्छ छवि बनाएका मेहताले आफूले सहज रूपमै चुनाव जित्ने बताए ।
उनले भने, ‘मैले यसअघि थुप्रै विकासका काम गरेको छु, अब युवाको हितका निम्ति काम गर्छु ।

भौतिक विकास मात्रै नभई, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा पनि विशेष चासो लिएको छु ।’ अघिल्लो निर्वाचनमा जितेर राम्रा काम गरेकै कारण पार्टीले पुनः उम्मेदवार बनाएकाले आफूले गठबन्धनको साथका कारण पनि चुनाव जित्न सहज हुने बताए । ‘गठबन्धनका साथीहरूलाई कांग्रेसले इमानदारपूर्वक मत हाल्छ, कांग्रेसलाई पनि गठबन्धनको मत आउँछ, चुनाव जित्नेमा दुईमत छैन’ उनले भने, ‘चुनाव जित्नेमा कुनै शंका नै छैन, तर मैले चुनाव जित्न मात्रै निर्वाचनमा होमिएको होइन, विकास निर्माणका काम बाँकी भएकाले चुनावी मैदानमा छु ।’

उनले आँफूले जनतासमक्ष गरेका चुनावी बाचा बाँकी नै रहेकाले पुनः चुनावी प्रतिष्पर्धामा होमिएको सुनाए । ०७४ को निर्वाचनमा मेहताले वाम गठबन्धनका हिमाल सुवेदीलाई पराजित गरेका थिए ।  ०७४ मा मेहताले ४१ हजार ४९५ मत ल्याउँदा पराजित सुवेदीको ३५ हजार ३४९ मत आएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल