Birat Post मंगलबार, कार्तिक २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ कात्तिक ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ । क्षेत्रका विभिन्न पालिकाहरुमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य उम्मेदवारहरु घरदैलो र कोणसभा कार्यक्रममा केन्द्रित भएका छन् । प्रतिनिधि सभा सदस्य पदका उमेदवार नेकपा माओवादी केन्द्रका अमनलाल मोदी र भीम पराजुलीले आफूहरु जनचाहना अनुरुप विकासलाई थप गति दिन आएको बताए । अझ गठवन्धनका युवाहरु भएका कारण क्षेत्रगतरुपमा पनि विकासको मुल फुट्ने उनिहरुको तर्क छ । गठवन्धन सरकार निर्माण सम्मनै अगाडि बढ्ने हुदा यसको लाभ जनतामाझ आइपुग्ने उनिहरु बताउछन् ।

मोदी भन्छन् ,“दुई दुई पटकसम्म संसद विघटन हुँदा विकासको काममा समेत असर गर्यो, लोकतन्त्र बचाउनको लागि पनि गठबन्धनको अवधारणा अघि सर्यो अब वहुमतको सरकार बनाएर अवरुद्ध भएका धेरै कामलाई अघि बढाउनु छ ।” विगतका सरकारले गरेका धेरै गल्तीहरुलाई सच्याएर र सुधार अघि बढ्नु नै आफूहरुको जिम्मेवारी भएको मोदीको भनाइ थियो ।

नेपाली कांग्रेसका तर्फबाट मोरङ ४ ‘ख’ का प्रदेशसभा उमेदवार भीम पराजुलीले आफूले एक कार्यकाल विराटनगर महानगरपालिकाको मेयरको रुपमा काम गरेको अनभुव रहेकोले अब प्रदेशको विकासमा थप सशक्त भएर अघि बढ्ने बताए । “एउटा सक्षम र सवल प्रदेश निर्माणमा पूर्ण रुपमा सक्रिय हुनका लागि म उमेदवार बनेको हुँ,” पराजुलीले भने, “संघीयता कार्यान्वयन र विकासका अवसरलाई तलसम्म लैजान पनि गठबन्धनको सरकार बन्नुपर्छ ।” पराजुलीले विकासको अवसर तलसम्म लैजान बीचको सरकारको रुपमा स्थापित प्रदेशले धेरै काम गर्न सक्ने बताउछन् । आफु जहिल्यै पनि इमान्दारीताको जगबाट काम गरिरहेको र राजनीतिलाई पेशा बनाउन नहुने धारणा ब्यक्त गरेका छन् । क्षेत्रगत विकास र समृद्धि मुख्य लक्ष्य राखेर अगाडि बढिरहेको उनको भनाइ थियो ।

सम्बन्धित

ताजा अपडेट
चिन्न जीयर स्वामीद्धारा वैदिक सनातन धर्मको वैज्ञानिकता माथी विराटनगरमा धार्मिक प्रवचन
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल