Birat Post मंगलबार, कार्तिक २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ कात्तिक ।

मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा दिन प्रतिदिन माहोल बन्दै गएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका कोइरालाको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका छन् । यसपालि जसरी भए पनि शेखर कोइरालालाई जिताउने उनीहरुको अठोट छ ।

मोरङ बूढीगंगा गाउँपालिका–७ का शम्भु चौधरी पहिलोपटक यसपालि मतदान गर्दैछन् । तर उनले डा. शेखर कोइरालालाई मतदान गर्ने मनस्थिति बनाइसकेका छन् । “डा. शेखर कोइराला मलाई मन पर्ने नेता हुनुहुन्छ, उहाँले जित्नु भयो भने हाम्रो क्षेत्र मात्रै होइन मोरङकै विकास हुन्छ,” उनी भन्छन्, “उहाँ त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेता भइसक्नु भयो ।” चौधरी जस्तै अर्का युवा मतदाता सन्देश बजगाईं पनि कोइरालाको पक्षमा खुलेर लागेका छन् ।

पारिवारिक पृष्ठभूमि कम्युनिष्ट भए पनि यसपालि डा. शेखर कोइरालालाई नै मतदान गर्ने उनी बताउँछन् । गत निर्वाचन पराजित भएर पनि आफ्नो क्षेत्रका जनताको सुखदु:खमा सधैं साथ दिँदै आएका प्रभावशाली नेता कोइरालालाई मतदान गर्न उनले अन्य युवालाई पनि आग्रह गरे । “मोरङबाट राष्ट्रिय राजनीतिको नेतृत्वमा हाँक्ने अब डाक्टर सा’बले नै हो,” बजगाईं भन्छन्, “मोरङ ६ ले उहाँजस्तो नेता पाउनु गर्वको कुरा हो ।”

चौधरी र बजगाईं त उदाहरण मात्रै हुन्, यसपालि पटकपटक मतदान गर्ने धेरै युवाको रोजाइमा कोइराला परेका छन् । चुनाव प्रचारका क्रममा भेटिएका युवा मात्रै होइन ज्येष्ठ नागरिक पनि यसपटक कोइरालाले जित्नेमा ढुक्क छन् । बूढीगंगाका श्यामराज राजवंशी गत असोजबाट ८१ वर्ष पार गरेका छन् । तर उनी कोइरालाको चुनावी प्रचारमा लौरो टेकेर हिंडिरहेका छन् । उनले भने, “शेखर कोइराजाजी देशको नेतृत्व गर्न सक्ने व्यक्ति हुनुहुन्छ । उहाँलाई जिताएर पठाए यस क्षेत्रको विकास हुने थियो ।” कोइराला स्पष्ट वक्ता भएको राजवंशीको भनाइ छ । प्रचारमै भेटिएकी सविना दाहालले गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिइन् ।

यसैबीच, कोइरालाले मोरङ क्षेत्र नम्बर ६ का विभिन्न वडा र टोलमा पुगेर चुनावी प्रचारलाई तीव्रता दिएका छन् । उनले मतदातालाई भेटेर सुखदु:ख र स्थानीय समस्यासमेत बुझ्ने काम गरिरहेका छन् । जनताका पिरमर्का ध्यानपूर्वक सुन्छन् । आगामी मंसिर ४ गतेको निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको गठबन्धन सरकारले जनताका समस्या समाधान गर्ने उम्मेदवार कोइरालाको प्रतिबद्धता छ ।

 

सम्बन्धित

ताजा अपडेट
एफडी माेटर्सकाे एभी स्कुटी विराटनगरकाे कदमगाच्छीमा लन्च
वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइँदै
सूर्यको हानिकारक किरणबाट बचाउन मद्दत गर्ने ओजोन तहमा सुधार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल