Birat Post मंगलबार, कार्तिक २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ कात्तिक /

पाँचवर्षको लागि देशको नेतृत्व गर्न राजनीतिक दलहरु अहिले जनताको घरदैलो र टोलटोलमा छन् । यो अभियानमा नेतामात्र होइन कलाकारलाई पनि भ्याइ नभ्याइ छ ।
मोरङ–४मा नेकपा एमालेको चुनावी अभियालाई साथ दिन कलाकारको टोली एक सातादेखि चोक–चोक र टोलटोलमा पुगिरहको छ ।

चर्चित गायक तथा संङ्गितकार साजन राई, गायिका अञ्जु गौतम, कलाकार मनोज राजवंशी, संगिता यादव, समिक्षा कार्की रचना सिवाकोटीलगायतको कलाकारको टीम मोरङ क्षेत्र नं ४ का विभिन्न चौक र टोलमा पुगेर कार्यक्रम गरिरहेको छ ।

चोकमा पुगेर कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्न थालेपछि स्थानीयको भिड लाग्ने गरेको छ । गायन र नृत्यमार्फत कलाकारहरुले एमालेलाई विजयी बनाउन र सूर्यमा भोट हाल्न आग्रह गरिरहेका छन् । टोलीले अहिलेसम्म मोरङ क्षेत्र नं. ४ का प्रदेशसभाका दुवै क्षेत्रका चौक र टोलहरुमा गरी दर्जनौ ठाउँमा कार्यक्रम गरिसकेको गायक साजन राईले बताए ।

टोलीले जहाँ कार्यक्रम गर्छ एमालेको तर्फबाट मोरङ क्षेत्र नं. ४ का लागि प्रतिधिसभाका उम्मेदवार विनोद ढकाल त्यहि पुगेर मत मागिरहेका देखिन्छन् । ढकालले कलाकार संगै घरदैलो अभियानमा आक्रामक भएर लागेका छन् । उनको प्रतिद््वन्दी लोकतान्त्रिक बाम गठबन्धनका अमनलाल मोदी रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल