Birat Post बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

ताप्लेजुङ,३० कात्तिक । राष्ट्रिय राजनीतिको केन्द्रविन्दूमा रहेका योगेश भट्टराई विद्यार्थी आन्दोलनबाट खारिएका एमालेका जुझारु नेता हुन् ।

नेता भट्टराईले विसं २०३७ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध हुँदै उनको राजनीतिक यात्रा सुरु भयो । जनपक्षीय राजनीतिमा क्रियाशील रहँदै गर्दा उनी जनतामाझ प्रिय नेताको रुपमा स्थापित भए । २०६५ सालमा बुटवलमा भएको नेकपा एमालेको महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा विजयी भए ।

त्यसयता उनले केन्द्रीय राजनीतिमा आफ्नो प्रभाव पार्न थाले । केन्द्रीय राजनीतिमा प्रवेश गरेसँगै उनको लोकप्रियता पनि बढ्दै गयोे । पार्टीभित्र होस् वा बाहिर युवा जमातको रोजाइमा पर्ने नेता हुन् योगेश भट्टराई । राष्ट्रियताको सवाल र राष्ट्रिय समस्याका बखत नेपाल र नेपालीले सम्झनै पर्ने नामका रुपमा स्थापित भएको छ– योगेश भट्टराई ।

नेपाली राजनीतिमा लोभलाग्दो व्यक्तित्व बनाएका योगेश समन्वय र सहकार्यका निम्ति पनि उत्तिकै अग्रसर हुने गर्छन । ताप्लेजुङबाट संसदमा प्रतिनिधित्व गरेपछि उनले पर्यटन मन्त्रालयको समेत जिम्मेवारी बहन गरिसकेका छन् । युवानेता भट्टराई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पुन ताप्लेजुङबाटै प्रतिष्पर्धामा छन् ।

दिनभर घण्टौ उकाली ओराली गरेर ताप्लेजुङका कुनाकाप्चामा पुगेका छन् योगेश । उनको चुनावी घरदैलो कार्यक्रममा युवा पंक्तिको उत्साहजनक सहभागिताबाटै निर्वाचनको नतिजा आंकलन गर्न गाह्रो नभएको चर्चा हुन थालेको छ । युवा पंक्तिका अतिरिक्त पाका पुस्ताका मानिसहरु पनि योगेशको उम्मेदवारीबाट उत्साही भएका छन् । जिल्ला सदरमुकाम होस वा केन्द्रीय राजधानी काठमाडौ– परेका बेला गर्नसक्ने भनेकै योगेश हो भन्ने जिल्लावासी सबैलाई परिसकेको छ ।

समृद्ध नेपाल सुखी नेपाली अभियानका सारथी भट्टराई ताप्लेजुङको समृद्धिका लागि पनि अहोरात्र खटिएका छन् । ताप्लेजुङका जनताका समस्या बुझेका योगेश फेरि पनि जनताका सपना साकार पार्ने योजना सहित चुनावी मैदानमा होमिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
तीजको पहिलो दिन आज दर खाइँदै
कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगरौँः गृहमन्त्री
सुनसरीमा घर वापसी कार्यक्रम,१५ सय हिन्दूलाई पुनः स्वधर्ममा गरियो स्वागत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल