Birat Post बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,३० कात्तिक ।
नेपाली कांग्रेस नेतृ तथा मोरङ क्षेत्र नं: २ बाट उम्मेदवार बनेकी सुजाता कोइरालाले देशको समुन्नती सगै सुशासन दिने नेतालाई रोज्न आग्रह गरेकी छन् । जनताको हरेक समस्यामा साथ दिने नेता आजको आवश्यकता भएको भन्दै कोइरालाले त्यस्तो ब्यक्ति रोज्न आग्रह गरेकी हुन् ।

कोइरालाले भनिन् “सोच विचार गरेर मतदान गर्नुहोस् । मतदान गर्दा गलत निर्णय गर्‍यौं भने यो क्षेत्रको विकास हुन सक्दैन । आजको आवश्यकता को बाट पूरा हुन्छ त्यसलाई मनन गरेर मतदान गर्नुहोस् ।” यस्तै उनले गठबन्धन आजको आवश्यकता भएको औल्याइन् । गठबन्धनका उम्मेदवार जिताउन पनि उनले आग्रह गरिन् । गठबन्धनको सरकार निर्माणका लागि पनि सवै लोकतन्त्रवादीहरु जुट्न आवश्यक छ उनको भनाइ थियो ।

 क्षेत्रमा कोइरालाको लोभलाग्दो सक्रियता
नेत्रृ कोइरालाको सक्रियता यतिबेला मतदाता माझ मात्र नभइ कांग्रेसीजनहरुमा पनि चर्चाको विषय बन्न थालेको छ । धेरैले सुजाता कोइराला प्रत्यक्ष निर्वाचन लड्दिनन् होला भन्थे स्थानिय कांग्रेस कार्यकता मनोज बराललले भने तर आज उहाँ क्षेत्रमा खटेको देख्दा मानिसहरु प्रशंसा गर्न थालेका छन् ।

आफुमा युवा जोश रहेको र गिरिजा वावुको सपना पूरा गर्ने लक्ष्यका साथ आफु निर्वाचनमा होमिएको उनले बताएकी छन् । युवाहरुलाई रोजगार ,महिलाहरुलाई सीपमुलक तालिम ,क्षेत्रको सडक विस्तार तथा बाढीबाट बर्षेनी जनताले भोग्नु परेको समस्या समाधान गर्ने उनको लक्ष्य रहेको छ ।

गिरिजावावुले आफु पछी यस क्षेत्रको विकासका लागि सत्तामा रहदा वा नरहदा पनि गर्नु भनेको र त्यसलाई आत्मसाथ गर्दै काम गरिरहेको उनले बताइन् । निर्वाचनका बेलामात्रै नभएर अन्य वेला पनि यस क्षेत्रको सुख दु:खमा सहभागी भइरहेको उनले स्मरण गरिन् ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल