Birat Post सोमबार, मंसिर १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

ओखलढुंगा,१२ मंसिर ।
नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजन खनाल (तेजेन्द्र) सफल सभापतिमा दरिएका छन् । उनले स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसलाई सफलता दिलाएका छन् ।
८ वटा स्थानीय तह रहेको ओखलढुंगामा स्थानीय तह निर्वाचनमा ४ प्रमुख र ४ उपप्रमुख पदमा कांग्रेसले जितेको थियो । त्यसबाहेक मानेभञ्ज्याङ गाउँपालिकाको प्रमुख पदमा कांग्रेसकै समर्थनमा स्वतन्त्र र चिशंखुगढी गाउँपालिकाको प्रमुख पदमा गठबन्धन गरेर माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।
सभापति खनाल स्वयं उक्त निर्वाचनमा माओवादीसँगको गठबन्धनमा सिद्धिचरण नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचनमा बहुमत कांग्रेसकै पक्षमा भएपछि जिल्ला समन्वय समिति समेत कांग्रेसले बनाएको थियो ।
हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको निर्देशन अनुसार प्रतिनिधिसभा र प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यस्तै प्रदेशसभा २ मा भने माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो ।
निर्वाचनमा गठबन्धन सफल नहोला कि भन्ने आशंकाकै बीचमा जिल्लामा गठबन्धनले सफलता पाएको छ ।
यस्तै समानुपातिकतर्फ पनि प्रदेशसभामा कांग्रेसले पहिलो मत पाएको छ । प्रतिनिधिसभामा भने एमालेले कांग्रेसलाई उछिनेको छ ।
मेरो मात्रै नभएर सम्पूर्ण टीमको हार्डवर्कले एक हदसम्म सफलता मिलेको छ, सभापति खनालले भने, कांग्रेसको किल्लाका रुपमा चिनिएको ओखलढुंगामा पुनस् माहोल फर्काउन सफल भएका छौँ ।
सभापति खनालले पार्टीभित्र भएका असन्तुष्ट पक्षलाई समेत मिलाएर लैजाने अभ्यास गरिरहेका छन् ।
ओखलढुंगाको जिल्ला सभापति रहेका तेजन खनाल (तेजेन्द्र) सँग ३३ वर्ष लामो राजनीतिक अनुभव छ । उनी हाल सिद्धिचरण नगरपालिकाको मेयर समेत हुन् ।
खनाल २०४६ सालको जनआन्दोलनपश्चात नेविसंघको जिल्ला सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका थिए । उनी नेविसंघ तहाचाल क्याम्पस अध्यक्ष, नेविसंघ सगरमाथा अञ्चल काठमाडौँ सम्पर्क समितिका सचिव, नेविसंघ जिल्ला अध्यक्ष, लगातार २ कार्यकाल ओखलढुंगा कांग्रेसको जिल्ला सदस्य तथा जिल्ला सचिव भइसकेका छन् । उनी कांग्रेसको उपसभापति समेत भइसकेका छन् ।
उनले ओखलढुंगामा जनतामाझ इमान्दार नेताको छवि बनाएका छन् । खनाल नेपाली कांग्रेस ओखलढुंगाका तत्कालीन समयमा बलबहादुर राईका नजिक मानिएका बौद्धिक तथा पुराना नेता भोजराज खनालका जेठो छोरा हुन् ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल