Birat Post मंगलबार, मंसिर १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ मंसिर/ विराटनगर महानगरपालिकाले आयोजना गरेको आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी ६ दिने तालिम सम्पन्न भएको छ ।
तालिममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीका निरीक्षक एवं वारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिएका थिए । तालिममा आगलागी नियन्त्रणसहित उद्धारका उपायका विषयमा जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महानगरका कार्यबाहक मेयर प्रकाश साहले समापन समारोहलाई सम्बोधन गर्दै तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । उनले तालिममा प्रशिक्षार्थीहरुले अग्नि नियन्त्रणका उपाय, घाइतेको उद्धार, स्वास्थ्य संस्थासम्म कसरी पुर्‍याउने भन्ने विषयमा जानकारी पाएको बताए । “भरिसक्य आगलागीलगायतका विपदका घटना हुँदै नहोस्,” साहले भने, “यदि भइहालेमा नियन्त्रण र उद्धारमा समस्या नहोस् । तालिममा सिकेको सीपलाई घटना भएमा प्रयोग गर्नुहोस् ।”
त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडा, विराटनगर–३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, तालिमका मुख्य प्रशिक्षक किशोरकुमार भट्टराईलगायतले तालिमको महत्व, उद्देश्य र प्रभावकारिताका विषयमा चर्चा गरेका थिए । तालिममा महानगर प्रहरी र वारुणयन्त्रका २० जना कर्मचारी सहभागी भएको नगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए । महानगरले आफैंले पहिलोपटक आयोजना गरेको तालिम निकै प्रभावकारी भएको पौडेलको दाबी छ । यसअघि महानगर आफैंले तालिम आयोजना गरेको थिएन । दमकलका कर्मचारीले अग्नि नियन्त्रणको तालिम अरु नै ठाउँमा गएर लिने गरेका थिए । समापन समारोहमा सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, विपद व्यवस्थापन शाखा प्रमुख अनिता न्यौपानेलगायतको सहभागिता रहेको थियो । यसैबीच, समापन अघि आगलागी नियन्त्रण, उद्धार गर्दा अपनाइने विधि प्रदर्शन गरिएको थियो । त्यस्तै ग्यासमा आगलागी भएमा कसरी निभाउने भन्ने विधि पनि सिकाइएको थियो । अग्नि नियन्त्रण र उद्धारको अभ्यास हेर्न पोखरिया उच्च माविसहित विभिन्न विद्यालयका विद्यार्थीसमेत उपस्थिति भएका थिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल