Birat Post मंगलबार, मंसिर २०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२० मंसिर ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाई गर्न सरकारलाई दवाव दिएको छ । मंगलबार सिंहदरवारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले यस्तो दवाव दिएका हुन् । मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जिकीर गरेको छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दवाव दिइएको बताए । यता, गृहमन्त्री खाँणले पनि सो समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिवद्ध रहेको बताएका थिए ।

सो भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता प्रकाण्डले भने( ‘सरकार र हामीबीच भएको सहमती छिटोभन्दा छिटो यसलाई रिजल्टमा उर्तानुस् र हामीलाई रिजल्ट दिनुस्, जनतालाई रिजल्ट दिनुस् भनेर हामीले आज भनेका छौं । र, सरकारले के भनेको छ भने हामी यसप्रति इमान्दार र प्रतिवद्ध छौं । यसलाई पूरा गर्ने सन्दर्भमा फेरी पनि हामी लाग्छौं । र, लागिरहेका छौं भन्ने सरकारको जवाफ छ । उहाँहरुको अहिले यो विषयमा पनि थुप्रै इक्सरसाईजहरु चलिराखेका छन । त्यसैको अभिव्यक्ति पनि होला । आज हेर्दाखेरी वार्ता सकारात्मक छ । तर, अहिले हामीले फोकस गरेको भनेको परिणाम हो । त्यो हेर्नुपर्छ । छिटो सरकारले यो परिणाम सार्वजनिक गरोस् भन्ने हाम्रो चाहना छ । किनभने धेरै पटक सहमती पनि भएको छ । पछिल्लो सहमती भईसकेपछि त्यो क्याविनेटले डिसिजन पनि गरिसकेको छ ।’

उनले अगाडि थपे, ‘क्याविनेटले भनेको के छ भने नेपाल कम्युनिष्ट पार्टी र सरकारको बीचमा भएको वार्तामा र भएका सहमतीहरुमा नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरुमाथि लगाइएको कतिपय मुद्दाहरु अहिलेको कानुनसँग बाझिने भएको हुनाले र त्यसलाई समाधान गर्नका लागि कानुनी रिक्तता भएको हुनाले यो समस्यालाई समाधान गर्ने भनेर सरकार र हामीबीच भएको सहमतीलाई कार्यान्वयन गर्ने भनेर क्याविनेटले नै भनिसकेको हुनाले कार्यान्वयनको प्रक्रिया फाईनल गर्नुस् भन्ने हाम्रो कुरा हो । त्यही विषयमा आज सरकार सकारात्मक ढंगले नै प्रस्तुत भएको छ । र, गम्भिरताका साथ नै प्रस्तुत भएको छ । हाम्रो कुरा यही सरकारले फाईनल गर्नुपर्छ भन्ने छ । त्यो गम्भिरताका साथ सरकार प्रस्तुत हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बूँदे सहमती गरि नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर सो सहमती अझै कार्यान्वयनमा नआएको भन्दै सो पार्टीले असन्तुष्टि जनाउँदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल