Birat Post आइतबार, पुष ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,३ पुष । सत्ता गठबन्धनमा आबद्ध दलहरू नयाँ सरकार निर्माणका लागि आन्तरिक छलफलमा जुटेका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका हुन्। दुवै दलले आज बैठक बोलाएका छन्।

कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए। उनका अनुसार आमनिर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।

बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ। यस्तै, नेकपा ९माओवादी केन्द्र०ले पनि पदाधिकारी बैठक बोलाएको छ। महासचिव देव गुरुङले बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जानकारी दिए। बैठकमा सरकार गठन र संसदीय दलका नेता चयन लगायतका विषयमा छलफल हुने उनले बताए।

माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ। माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो।

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेशमा नाइरोबी फ्लाईको आतङ्क
प्रधानमन्त्री ओलीले लिए शपथ, २२ सदस्यीय मन्त्रिपरिषद समेत गठन ( मन्त्रीहरुको सूची सहित)
लागूऔषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल