Birat Post सोमबार, पुष ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,४ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय दिएको भोलिपल्ट सोमबार चितवनमा उनले गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीमा सहमति भएको दाबी गरेका हुन् ।

गठबन्धन बनाउँदा आलोपालो प्रधानमन्त्री हुने अलिखित सहमति भएको दाबी गरेका अध्यक्ष प्रचण्डले चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने विषयमा गठबन्धनभित्र छलफल भएको बताए । यद्यपि, प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखका विषयमा प्याकेजमा सहमति खोजेर गठबन्धन अघि बढ्ने उनको भनाइ छ ।

आफू प्रधानमन्त्री हुनुपर्छ नै भन्ने कुनै अडान नरहेकोसमेत बताएका अध्यक्ष प्रचण्डले गठबन्धनभित्र छलफल गरेर शक्ति बाँडफाँट गर्दै अघि बढ्ने जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल