Birat Post बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ पुष ।

विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम हुने भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण (गुरुकुलका शिक्षकहरुको तालिम) हुन लागेको हो ।

तालिममा देशभरका ३ सय गुरुकुलका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ । यहि पुष १० देखि २१ गते सम्म चल्ने कार्यक्रममा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम हुन लागेको हो । लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रमका पिठाधिस अच्युत प्रपन्नाचार्यले बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी दिनु भयो ।

आधुनिक एवं पराम्परागत विद्यालय , गुरुकुल प्रकृतिका माध्यमिक, उच्च माध्यमिक र विश्वविद्यालयमा नेपाली राष्ट्रियताको बोध कसरी गराउने , विद्यालयहरुमा नेपाली राष्ट्रिय भाषा र संस्कृतिको जगेर्नाका लागि के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रीत रहने जानकारी दिइयो ।

विराटनगरमा हुने कार्यक्रममा देशभरका ५ सय जना मानिसहरु प्रशिक्षण कार्यक्रममा सहभागी हुने र यसका लागि सम्पूर्ण तयारी पुरा भएको पिठाधिस प्रपन्नाचार्यले जानकारी दिनु भयो ।
विराटनगरमा यति ठूलो मासमा हुन लागेको यो कार्यक्रमले देशमा भइरहेको संस्कृत र नैतिक शिक्षाको आचरणमा सघाउ पुग्ने विस्वास आयोजक पक्षको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल