Birat Post शनिबार, पुष ०९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,९ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय भोलि आइतबार सकिदै छ ।

बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा छलफल भइरहे पनि सहमति जुट्न सकिरहेको छैन् ।

राष्ट्रपति भण्डारीले ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनुपर्ने हुन्छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति पुस १० गतेभित्र दाबी पेस गर्न आग्रह गरेकी हुन् ।

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच नयाँ सरकारमा शक्ति बाँडफाँडमा कुरा मिलेको छैन ।

सम्बन्धित

ताजा अपडेट
तीजको पहिलो दिन आज दर खाइँदै
कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगरौँः गृहमन्त्री
सुनसरीमा घर वापसी कार्यक्रम,१५ सय हिन्दूलाई पुनः स्वधर्ममा गरियो स्वागत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल