Birat Post बुधबार, पुष १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ पुष ।
गठबन्धनको मर्मलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्विकार्न नसकेको कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रतिनिधि सभा सदस्य डा. कोइरालाले गठबन्धनको निरन्तरता हुन नसक्नुमा कांग्रेसको कमी–कमजोरी भए पनि प्रचण्डले गठबन्धनको मर्मलाई बुझ्न नसकेको बताए।

उनले भने, ‘गठबन्धनको मर्मलाई प्रचण्डले स्विकार्न सक्नुभएन। यसमा हाम्रो कमी–कमजोरी पनि छ। तर यसमा प्रचण्डले गठबन्धनको मर्मलाई बुझ्न सक्नुभएन।’
निर्वाचनपूर्व गठबन्धनकै नेतृत्वमा सरकार भनिए पनि माओवादी र कांग्रेस दुवै दल संयुक्त रुपमा अघि बढ्न नसकेको उनको भनाइ छ।

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा पनि गलत भएको बताए । ‘कारबाही गर्ने कुरा कसले भनेको छ ? के मा कसरी कारबाही गर्ने ? मलाई पनि मुखमा आएको सत्ता गयो भन्ने चिन्ता छ तर, कारबाही भन्ने कुरा गरेकै छैन ’ कोइरालाले भने ।
उनले भने, ‘पार्टी सभापति र वार्तामा रहेका सदस्य यस विषयमा चुक्नुभएको छ। यसमा हामीले राष्ट्रपति पद लिएर अरु पद दिँदा पनि हुने थियो। फेरि, निर्वाचनपछि ठूलो पार्टी भएको हँुदा कांग्रेसले प्रमुख पदमा दाबी गर्नु स्वाभाविक हो।’

गठबन्धनले निरन्तरता पाउन सकेन भन्ने पत्रकारको प्रश्नमा डा. कोइरालाले भने, ‘यसमा नेकपा माओवादी केन्द्र र एमालेको चाललाई बुझ्न नसक्नु हाम्रो कमजोरी भयो।’उनले भने, ‘गठबन्धनबाट माओवादी बाहिरिएको सन्दर्भमा पार्टी सभापतिलाई कारबाही गर्नुपर्ने अवस्था भन्दा पनि केन्द्रीय समिति बैठकमा निर्मम समीक्षा गर्नेछौँ। सत्ता गएकोमा चिन्ता छ। तर कारबाहीको कुरा बेग्लै हो।’

कोइरालाले भने, ‘सरकार गठनका विषयमा पार्टी सभापतिले महामन्त्रीद्वयलाई बोलाएर छलफल गर्नुपथ्र्यो। आधिकारिक रुपमा महामन्त्रीलाई बोलाइनुपथ्र्यो, बोलाइएन।’ अहिलेको अवस्थामा नीति अधिवेशनलाई जोड दिने बताएका कोइरालाले विशेष अधिवेशन भन्दा पनि नीति अधिवेशनमा कांग्रेसले जोड दिने प्रस्ट्याए।

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल