Birat Post आइतबार, पुष १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद अमृत अर्यालले कांग्रेसको राजनीतिमा लामो समय खर्चेका कार्यकर्ता र नेताहरूका विरूद्ध हुने हरेक षड्यन्त्रको विरूद्ध देशब्यापी प्रतिकार सुरू गरिने बताएका छन् । यसको सुरुवात भएको छ ,अब देशब्यापीरुपमा असर देखिन थाल्छ ।

विराटपोष्ट संग कुरा गर्दै अर्यालले टेक्निकल गेम गरेर कार्यकर्ता तथा नेताहरू माथि छिचो,मिचो गरिरहेकाहरु विरुद्ध अब बुलन्द आवाज उठाउने अभियानमा सक्रिय रहने बताए ।
गत शुक्रबार भएको संसदीय दलको नेतामा पराजय भए सगै अर्याल आक्रामक देखिए । उनले शनिबार मात्रै पत्रकार सम्मेलन गरी निवर्तमान सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आफुलाई हराउन लागेको किटान गरे । कार्कीकै योजना अनुरुप आफूलाई हराइएको उनको स्पष्टोक्ति थियो ।
हार्छु भन्दा भन्दै पनि ,सूचना पाउदा पाउदै पनि नेतृत्वको छिचो,मिचो विरूद्ध लड्न मसाल उठाएको अर्यालले बताए ।

प्रदेश १ संसदीय दलको नेता छान्न समन्वय गर्ने जिम्मेवारी पाएका कार्कीले सांसदहरूलाई प्रेसर दिएको तथा आफूलाई डिस्करेज गरेको उनको आरोप छ ।

आफ्नो पक्षमा थोरै मत आउँछ भन्ने पूर्वजानकारी ४ दिन अगाडि नै भए पनि पार्टीभित्र भएको अन्यायविरुद्ध दलको नेताका लागि प्रतिस्पर्धामा आएको उनले दाबी गरे ।

‘नेताहरूले प्रदेशसभा सदस्यहरूलाई धम्की दिएर भोट नहाल्न दबाब दिएको मसँग प्रमाण छ’, अर्यालले भने, ‘मलाई भोट नहाल्न भन्दै ४ जना नेताहरूले धम्की दिएका रहेछन् ।’

ज्ञानेन्द्रबहादुर कार्कीप्रति आक्रोशित देखिएका अर्यालले पार्टीको जिम्मेवार नेताको रूपमा काम गर्न नसकेको आरोपसमेत लगाए । कार्कीकै कारण नेपाली कांग्रेसले सरकार गुमाउनु परेको उनको जिकिर थियो ।

शुक्रवार भएको कांग्रेस प्रदेश १ संसदीय दलको चुनावमा उनले दुई मत मात्रै प्राप्त गरेका थिए । संसदीय दलको चुनावमा तीन जना उम्मेदवार थिए । संस्थापन पक्षका अर्याल, नेता कृष्णप्रसाद सिटौला पक्षका उद्धव थापा र संस्थापनइतर पक्षका केदार कार्कीबीच प्रतिस्पर्धा भएको थियो । दलको नेतामा १८ मत ल्याएर थापा निर्वाचित भए भने कार्कीले ९ मत र अर्याल २ मत पाएका थिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल