Birat Post शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ पुष/

विराटनगरको पार्किङ व्यवस्थापनका लागि महानगरले जग्गा खोजी तीव्र पारेको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनि मन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित सम्झौता गरेको छ । विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति मास्के र बद्रीशक्ति मास्केको नाममा रहेको ३ कठ्ठा ५ धुर जग्गा पार्किङका लागि प्रयोग गरिने भएको छ । महानगर र सम्बन्धित जग्गाधनीबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सरसफाई शाखा प्रमुख पुनम दाहाल र महानगर प्रहरी प्रमुख राजन पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै जग्गाधनीका तर्फबाट बद्रीशक्ति मास्के, शोभा मास्के प्रधान र केदारशक्ति मास्केले हस्ताक्षर गरेका छन् । उनीहरुले महानगरलाई एक वर्षका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । सरसफाईसहितका सम्पूर्ण कार्यहरु महानगरले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै महानगरले सशुल्क पार्किङको व्यवस्थापन मिलाउनेछ । सम्झौता भंग गर्नु परेमा कम्तीमा दुई महिना अगाडि जानकारी गराउनुपर्नेछ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा सहयोग गर्न मेयर नागेश कोइरालाले महानगरवासीलाई आग्रह गर्दै आएका छन् ।

प्रयोगविहीन खाली जग्गामा पार्किङ व्यवस्थापन गरेर बजार क्षेत्रको ट्राफिक समस्या समाधान गर्ने महानगरको योजना छ । सोही योजनाअन्तर्गत महानगरले जलजला हल उत्तरमा रहेको खाली जग्गामा पनि पार्किङको व्यवस्थापन गरेको छ । अतिथिसदन दक्षिण–पूर्वमा पनि पार्किङका लागि तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए ।

यस्तै वर्षौंदेखि महानगरलाई तिर्नुपर्ने कर नतिरी खाली छाडेका जग्गामा पनि महानगरले पार्किङ व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसरी खाली छाडेका जग्गामा फोहोर थुपार्दा महानगरको सौन्दर्यतामा ह्रास आएको छ । “अबदेखि खाली जग्गामा फोहोर थुपारे महानगरले सम्बन्धित जग्गाधनीलाई कारबाही गर्नेछ,” प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, “मेरो निजी जग्गा हो भनेर जथाभावी फोहोर थुपार्नु त भएन नि ।”

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल