Birat Post शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ पुष /

विराटनगर महानगरपालिकाले पूर्ण खोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शुक्रबार सरोकारवालासित पूर्ण खोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ । विराटनगरलाई पूर्ण खोप घोषणा गर्ने तयारीका विषयमा महाशाखा प्रमुख हैदर अलीले जानकारी गराउनु भएको थियो । उहाँले महानगरपालिकाभित्र रहेका १६ देखि २३ महिनासम्मका बालबालिकालाई पूर्ण खोप लिएको नलिएको यकिन गर्ने कार्य भइरहेको बताउनुभयो । महाशाखा प्रमुख अलीले नलिएका बालबालिकाहरुलाई खोजी गरेर खोप दिई सबै बालबालिकाहरुलाई खोप दिने कार्यक्रम रहेको जानकारी दिनु भयो ।

महानगरका खोप अधिकृत अमरदीप देवले खोपको अवस्थाका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । खोप अवस्थाबारे जानकारी दिँदै देवले १० प्रतिशत बालबालिकाले पूर्ण खोप लगाउन बाँकी रहेको सुनाउनुभयो । देवले ७ पटकमा १३ वटा रोगविरुद्धको खोप लगाएपछि मात्रै पूर्ण खोप लगाएको मानिने बताउनुभयो । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले गाउँ, टोल र वस्तीमै पुगेर खोप लगाएका र नलगाएका बालबालिकाको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खोप अभियानलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनुभयो ।

बस्नेतले माघभित्र खोप लगाउन बाँकी बालबालिकाको पहिचान गर्न आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पूर्ण खोपले बालबालिकाको बिरामी दर र मृत्युदर कमी ल्याई महानगरको सूचकको अंकमा समेत वृद्धि हुने बताउनुभयो । अन्तरक्रियामा वडा नम्बर १ का अध्यक्षसमेत रहनु भएका सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, महानगरका प्रवक्ता तथा ५ का अध्यक्ष सन्तोष न्यौपाने, ९ का विश्वनाथ भगत, ११ का तीर्थेन्द्र न्यौपाने, १५ का प्रकाश साहलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल