Birat Post शनिबार, पुष २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२३ पुष

सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकार ढाल्न देउवा सक्रिय भएको आरोप लगाएका छन् । उनले देउवाको अस्वभाविक सक्रियता बढेको भन्दै आशंका समेत ब्यक्त गरेका छन् । उनले पुस २६ गते सरकारलाई विश्वासको मत दिने दिन समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन समेत दिएका छन् ।

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालीहरुको चाहनामानै वर्तमान सरकार बनेको उल्लेख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको बताए ।

उनले भने, ‘पहिलो कुरा त हामी २६ गते प्रधानमन्त्री माथि प्रतिनिधिसभा बहुमतको विश्वास छ भन्ने कुरा हामीले देखाउनु छ । २६ गते सबै साथीहरु कुनै बट, इफ हँुदैन । त्यो एकदमै बुझ्न जरुरी छ । हरेक साथीहरु भनेको समयमा संसदमा कोहीकोही दिन यस्ता हुन्छन, जहाँ एक मिनेट ढिला गर्न हुन्न । २५ गते पहिलो दिन, २६ गते विश्वासको मत दिने यस्ता दिनहरुमा एक मिनेट पनि ढिला हुनुहुन्न । समय भित्रै आउने र विश्वासको मत दिने काम गर्नु पर्छ ।

मैले अघि नै भयो–यो नेपालीहरुले बलजफ्ती बनाएको सरकार हो । यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं । यो सरकारलाई हामी उपयुक्त ढंगले गाईड गर्न चाहन्छौं ।’ अध्यक्ष ओलीले यो सरकार ढाल्नका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने समेत बताए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल