Birat Post मंगलबार, पुष २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ पुष /

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित विकसित महानगर बनाउने अभियानमा लागेको महानगरले उज्यालो अभियान पनि सुरु गरेको छ । पहिलो चरणमा सीमाना सडकलाई प्राथमिकतामा राखेर महानगरले बत्ती जडान गरिरहेको छ । रातिको समयमा लाइट नबालिकनै पनि गाडी कुदाउन सक्ने होस् भन्ने चाहेको महानगरका मेयर नागेश कोइरालाले बताए । विराटनगरवासीले गर्व गर्न लायक महानगर बनाउने आफ्नो लक्ष्यमा सबैतिरबाट साथ र सहयोग पाइरहेको उनको भनाइ थियो ।
‘उज्यालो विराटनगर’ अभियानलाई सार्थक बनाउन सम्बन्धित शाखालाई निर्देशन दिइसकेको र काम पनि भइरहेको मेयर कोइरालाले बताए ।

पहिचो चरणमा पुष्पलालचोक–मेनरोड हुँदै रोडशेषसम्म जडान हुनेछ । हाल पुष्पलालचोकदेखि ट्राफिक चोकसम्म जडान भइसकेको विद्युतका इन्जिनियर अनिल सिंहले जानकारी दिए । त्यस्तै महानगरको सिमाना ढाट (प्रवेशद्वार)देखि रोडशेष हुँदै कोशी राजमार्ग दुवै भाग, रानीपथ हुँदै भन्सारसम्म जडान गरिनेछ । पहिलो चरणमा एक सय वाटका ७७० वटा बत्ती जडान हुनेछ । त्यस्तै ५० वाटका २५० बत्ती जडान हुनेछ । यसअघि सोलार जडान भएको सडकमा पनि बिजुलीबत्ती नै जडान गरिनेछ । सोलारको मर्मत खर्च बढी हुने भएकाले महानगरले बिजुलीबत्ती नै जडान गर्ने निर्णयमा पुगेको हो । सोलार भएको ठाउँमा विद्युतीकरण गरी एलिडी बत्ती जडान गर्ने तयारी रहेको उनले बताए । दोस्रो चरणमा वडाका सिमाना सडक, मानिसको बढी आवतजावत र भीडभाड हुने सडकमा बत्ती जडान गरिने इन्जिनियर सिंहले बताए ।

मेयरको आदेशअनुसार अबको ३ महिनाभित्र महानगरका १९ वटै वडामा बत्ती जडान गरिसकिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । बत्ती खरिदका लागि टेन्टरमा गइसकेकाले माघको पहिलो हप्ताभित्र बत्ती आइसक्ने कोइरालाले जानकारी दिए । बत्तीका लागि वडाले विनियोजित गरेको बजेट खर्च गरिसकेपछि मात्रै महानगरले बत्ती र तार उपलब्ध गराउनेछ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल