Birat Post बुधबार, पुष २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ पुष / करको दायरा बढाएर आन्तरिक आम्दानी बलियो बनाउने प्रस्ताव पारित गर्दै विराटनगर महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ ।
सभामा आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासमेत गरिएको छ । चालु आर्थिक वर्षको पुस २४ गतेसम्म १ अर्ब २ करोड ५ लाख ५८ हजार २ सय ८५ रुपैयाँ मात्रै यथार्थ आय भएको उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

उक्त आयमध्ये संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ६१ करोड ८२ लाख ८५ हजार १ सय १० रुपैयाँ प्राप्त भएको उपमेयर कार्कीले बताउनुभयो । यसैगरी प्रदेश सरकार वित्तीय हस्तान्तरणतर्फबाट २ करोड ९ लाख ६० हजार ४ सय २० रुपैयाँ, बाँडफाँडबाट प्राप्त हुने राजस्वतर्फ १३ करोड ३५ लाख ५४ हजार ६ सय ७० रुपैयाँ, अन्य संघसंस्थातर्फ ८ लाख ५७ हजार ८ सय ५ रुपैयाँ आय प्राप्त भएको उपमेयर कार्कीले प्रस्तुत गरेको आय–व्यय वितरणमा जनाइएको छ । प्रतिवेदनअनुसार जनसहभागिताबाट १ करोड ५५ लाख ४६ हजार १ सय ७१ रुपैयाँ मात्रै यथार्थ आए भएको छ ।

त्यसैगरी चालु आवका लागि ३ अर्ब ७३ करोड ७५ लाख ६७ हजार कुल व्यय अनुमान गरिएकोमा पुस २४ गतेसम्म यथार्थ कुल व्यय ९४ करोड ७७ लाख ३१ हजार २ सय ९२ रुपैयाँ भएको छ । जसमध्ये पुँजीगत खर्चतर्फ ३४ करोड ४३ लाख ९५ हजार ७ सय ३८ रुपैयाँ भएको छ भने प्रशासनिक एवं चालुतर्फ ५७ करोड ८१ लाख ७६ हजार १ सय २२ रुपैयाँ भएको उपमेयर कार्कीले बताउनुभयो । वित्तीय खर्चतर्फ २ करोड ५१ लाख ५९ हजार ४ सय ३२ रुपैयाँ भएको छ । चालु आवको पुस २४ गतेसम्म आन्तरिक आम्दानी २३ करोड १३ लाख भएको छ । यस्तै ८७ करोड आन्तरिक आम्दानी अनुमान गरिएकोमा सोलाई वृद्धि १ अर्ब २ करोड आम्दानी गर्ने लक्ष्य राखिएको उपमेयर कार्कीले जानकारी दिनुभयो ।

सभालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले आन्तरिक आम्दानी बलियो नबनाएसम्म विराटनगरवासीको विकास र सृमद्धिको चाहना पूरा गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले आन्तरिक आम्दानी बढाउनका लागि कर संकलन अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो । “हामीले करको दर बढाउने भन्दा दायरा बढाउनेतर्फ ध्यान दिनुपर्छ । त्यसैअनुसार १९ वटा वडामा अभियान सञ्चालन भइरहेको छ,” मेयर कार्कीले सभालाई सम्बोधन गर्दै भन्नुभयो, “आन्तरिक आयलाई बलियो बनाउँदै बाह्य लगानी पनि विराटनगरको विकासका लागि आवश्यक छ ।” एडीवी, जाइका, लगानी बोर्डलगायतका निकायहरुसित विराटनगरको विकासका लागि पहल भइरहेको उहाँको भनाइ थियो ।
विराटनगरकोे गुमेको शाखलाई फर्काएरै छाड्ने कोइरालाले उद्घोष गर्नुभयो । सबैको सामूहिक प्रयासले महानगरवासीले खोजेको जस्तो व्यवस्थित महानगर बन्ने कोइरालाले बताउनुभयो । उहाँले सरसफाई, फुटपाथ नियन्त्रण, पार्किङ व्यवस्थापनसँगै आन्तरिक प्रशासन सुधारसँगै सुशासन, पादरसर्शिता र जवाफदेहितालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाउनुभयो । नगरसभाले करको दायरा फराकिलो पार्ने निर्णय गरेको छ । जसमा सेफ्टी ट्यांकीका साधनबाट फोहोर पानी प्रशोधन केन्द्रमा विर्सजन गर्दा अबदेखि महानगरले सानोका लागि मासिक ३ हजार रुपैयाँ र ठूलोका लागि ४ हजार लिने भएको छ । सेफ्टी ट्यांकीको व्यवसाय दर्ता गर्दा वार्षिक ४ हजार लाग्ने भएको छ । यसअघि सेफ्टीट्यांकी करको दायरामा आएको थिएन । घरनक्सा नबनाई बनाइएका संरचनामा व्यवसाय दर्ता गर्ने र बहाल कर सम्पत्ति करसमेत लिने नगरसभाले निर्णय गरेको छ । ५ लाखभन्दा कम पुँजीका व्यवसायलाई दर्ता गर्दा लाग्ने जरिवाना शतप्रतिशत छुट गरिएको छ । यसअघि २५ प्रतिशत जरिवाना लाग्दै आएको थियो । ठेलामा व्यवसाय गर्नेले अब अनिवार्य रुपमा महानगर व्यवसाय दर्ता गर्नुपर्नेछ । यस्तै संस्था सूचीकृत गर्दा फर्मलाई १ हजार र नाफारहित सामाजिक संघसंस्थालाई वार्षिक ५ सय रुपैयाँ लिएर सूचीकृत गर्ने गरी नगरसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो । महानगरका प्रवक्ता सन्तोष न्यौपानेसहित कार्यपालिका सदस्य, नगरसभा सदस्यलगायतले विराटनगर बनाउने सन्दर्भमा महानगरको नेतृत्वलाई सधैं साथ रहने प्रतिबद्धता जनाएका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल