विराटनगर,५ माघ ।
प्रदेश १ का प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले लागूऔषधका साथै चोरी निकासी नियन्त्रण र अपराध अनुसन्धानका क्षेत्रलाई आधार बनाएर काम गर्ने बताएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डिआईजी ज्ञवालीले लागूऔषध नियन्त्रण ,चोरी निकासी नियन्त्रण,अपराधका पुराना घटनाको खोजी प्रमुख प्राथमिकतामा रहने बताए । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा कार्यरत रहेका उनले गरेका कामको वाहवाही पाएका छन् । शून्य सहनशीलताको नीति अपनाएका उनले सोही अनुरुप प्रदेश प्रहरी प्रमुखको जिम्मेबारी पाउन सफल भएका छन् ।
सुरक्षासँग सम्बन्धित कार्ययोजना कडाईका साथ कार्यान्वयन गरिने छ भने फरार अभियुक्तहरू पक्राउ गर्नुका साथै टुंगो नलागेका पुराना मुद्दाहरूलाई किनारा लगाइने ज्ञवालीले बताए । नागरिकले भरोसा गर्न योग्य प्रहरी संगठन आजको आवश्यकता भएको भन्दै ज्ञवालीले त्यसका लागि उचित कदम चालिने बताए ।