Birat Post आइतबार, माघ ०८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ माघ ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताए । आज झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा उनले सबै प्रदेशको नामकरण सम्पन्न भए पनि प्रदेश १ को नामकरण नटुङ्गिएको उल्लेख गर्दै सबै दलसँग छलफल गरी नामकरण गरिने बताए ।

प्रदेश संरचनाका विषयमा हुने टिप्पणीप्रति सजग रहेको उल्लेख गर्दै उनले भने, “हामीले प्रदेशको औचित्य पुष्टि गर्ने छौँ, जनतालाई प्रत्याभूत हुने किसिमबाट काम अघि बढाउने छौँ ।” उनका अनुसार प्रदेश सरकारले खर्च घटाउन मन्त्रालयको सङ्ख्या १३ बाट घटाएर नौ गरिएको हो ।

मुख्यमन्त्री कार्की थप अधिकार प्रत्यायोजन भएर नआएसम्म मन्त्रालयको सङ्ख्या नबढ्ने उल्लेख गरे । उनले प्रदेशमा भएका सबै जातिको मौलिकता संरक्षणका लागि प्रदेशस्तरीय सङ्ग्रहालय निर्माण गर्ने सोचमा रहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
चिन्न जीयर स्वामीद्धारा वैदिक सनातन धर्मको वैज्ञानिकता माथी विराटनगरमा धार्मिक प्रवचन
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल