Birat Post बिहिबार, माघ १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ माघ

नेपाल उद्योग परिसंघ (सीएनआइ) प्रदेश १ ले विराटनगरमा गरिरहेको अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी कोसी एक्स्पो–२०२३ बन्द गराउन माग गर्दै उच्च अदालत विराटनगरमा मुद्दा परेको छ। स्थानीय ब्राइट भिजन ल कलेजका विद्यार्थी बिन्दानन्द लुलीले कोसी एक्स्पो तत्काल बन्द गराउन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका हुन्।

रिट निवेदनमा लुलीले सीएनआई प्रदेश–१, प्रमुख जिल्ला अधिकारी, विराटनगर महानगरपालिका, जिल्ला ट्राफिक कार्यालयलाई विपक्षी बनाएका छन्। उच्च अदालत विराटनगरका रजिस्ट्रार जितेन्द्रबाबु थपिलयाले अन्तरिम आदेशको माग गर्दै बिहीबार रिट दायर भएको पुष्टि गरे। रिट निवेदकले मेला आयोजकले सार्वजनिक सडक घेरी त्यसलाई पनि मेलास्थलमा गाभेर सर्वसाधारणको आवतजावत गर्ने स्वतन्त्रता र नागरिकको मौलिक अधिकारमा आघात पुर्‍याएको उल्लेख छ ।

सडक घेरेर त्यसलाई पनि मेलास्थल बनाइँदा छिटोभन्दा छिटो अस्पताल पुग्नुपर्ने बिरामी र विद्यालय जाने विद्यार्थीलाई समस्या भएको निवेदनमा लेखिएको छ । उक्त रिट निवेदनको सुनवाइ भोली या पर्सी हुने अनुमान गरिएको छ । एक्स्पोको पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो उद्घाटन गरेका छन् । माघ २९ गतेसम्म सञ्चालन गरिने मेला सुरुवाती अवस्थामै विवादमा परेको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल