Birat Post मंगलबार, माघ २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

सिक्किम ,२४ माघ

भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई आप्रवासी भनेपछि सिक्किम द्वन्द्वमा फसेको छ । सत्तापक्ष एसके एम पार्टीका अध्यक्ष तथा सिक्किममा मुख्यमन्त्री प्रेम सिंह तामाङ (पिएस गोले) र यस भन्दा अगाडिका मुख्य मन्त्री तथा एसडिएफ पार्टीका अध्यक्ष पवन चाम्लिङ बीच आरोप प्रत्यारोप चल्न थालेको छ ।

यी दुवैलाई झगडा लगाएर नेपाली भाषीमाथी दमन गर्ने दाउमा भारत सरकार रहेको भन्दै बीचधारका अभियन्ताहरू सिक्किम बचाउ अभियानमा लागेका छन् । यता सिक्किममा २५ वर्ष मुख्यमन्त्री भएका एसडिएफ पार्टीका अध्यक्ष पवन चाम्लिङले हालका मुख्यमन्त्री पिएस गोलेले सिक्किमका नागरिकको बचाउ गर्न नसकेको भन्दै आन्दोलन छेडिरहेको छ । आरोप प्रत्यारोपमा नेपाली भाषी बीचमै कुटाकुट र द्वन्द फैलिएको छ ।

सिक्किम सन् १९७५ मा भारतमा विलय भएको थियो । सन् २००८ देखि सिक्किमका रैथानेले आयकरमा छुट पाउँदै आएका थिए । यो प्रावधानले समानताको हक खोसिएको भन्दै सन् २०१३ मा भारतको सर्वोच्च अदालतमा मुद्धा परेको थियो । यही मुद्धाको फैसला गर्दै सर्वोच्चले सिक्किमका नेपाली भाषीलाई विदेशी मूलका आप्रवासी नागरिक भनेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल