विराटनगर,२५ माघ ।
मोरङ कारागारमा जेलजीवन विताइरहेका अभिषेक गिरी भीमफेदी कारागार स्थानान्तरण हुने सम्भावना कम हुदै गएको छ । उनलाई ३ फागुनमा मोरङ कारागारबाटै कैदमुक्त गर्न जिल्ला प्रशासन कार्यालय मोरङले प्रक्रिया अघि बढाएको छ ।
कैद अवधि सकिनै लागेका कारण कारागार व्यवस्था विभागलाई लेखेर पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए । । कैदभुक्तान अवधि सकिन लागेका वेला कैदी अदालत गएका कारण स्थानान्तरणमा समस्या भएको थियो । भट्टराइले भने , ‘विभागको निर्णय पर्खेर वसेका छौं । समय पनि छोटो रहेकाले के गर्ने भन्ने निर्णय भएको छैन ।
उनको कैद मुक्तान अवधी फागुन ३ गते पूरा हुँदैछ । कैदीपूर्जीमा भने उनको कैद भुक्तान अवधि २०८० साउनसम्म छ । चौकीदार भएका कारण यो सुविधा उनले पाएका हुन् । अपहरण तथा शरीर बन्धक मुद्दामा जेलजीवन विताइरहेका उनलाई राजनैतिक संरक्षण समेत रहेको छ ।