Birat Post सोमबार, फाल्गुण ०८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,८ फाल्गुन ।
राष्ट्रपतिको विषयले सत्ता गठबन्धनमा ‘खटपट’ सिर्जना भएको छ । जसकै कारण सत्तागठबन्धन भित्र एक अर्का दलहरु सशंकित छन् । यसै वीच राष्ट्रपतिमा एमालेलाई सहयोग नगर्न प्रचण्डसँग माधव र उपेन्द्रले आग्रह गरेको खवर पनि बाहिर आएको छ । यसै वीच नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ।

पदाधिकारी बैठक आज सोमबार दिउँसो ४ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। जसका लागि सरकारमा रहेका र सरकार बाहिर रहेका दल आकांक्षी रहेका छन्।

सरकार बाहिर रहेको दल नेपाली कांग्रेस र सरकारमा सहभागी दल नेकपा एमालेका उम्मेदवार आकांक्षी रहिरहँदा आफूले कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गरी टुङ्गो लगाउन माओवादी आज बैठक बस्न लागेको हो।

आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए। कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिएका थिए।

२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन्।

पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो। तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ।

एमालेले पुस १० सहमति कार्यान्वयनका अडान लिएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिइरहेको छ।

 

सम्बन्धित

ताजा अपडेट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले नेपाल प्रभावित हुनसक्ने
व्यवसाय प्रवर्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल