Birat Post शुक्रबार, फाल्गुण २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२६ फागुन

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेवाट शुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र बितरण कार्यक्रम हुन लागेको हो । १४ वर्षपछि हुन लागेको त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ ।

निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । ६२ मध्ये ६० आंगिक क्याम्पसमा निर्वाचनमा सहभागी हुन पाउने विद्यार्थी संघ, संगठन र समूह दर्ता गर्दै स्ववियु निर्वाचनको प्रक्रिया सुरु भएको केन्द्रीय निर्वाचन अनुगमन समितिले जनाएको छ ।भोलि (शनिबार) फागुन २७ गते प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुनेछ भने निर्वाचन यही चैत ५ गते हुदैछ ।

यता देशभरका अन्य क्याम्पस झै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा पनि निर्वाचनको सरगर्मी बढेको छ। निर्वाचनको तयारीमा जुटेका विद्यार्थीहरूका लागि सिंगो क्याम्पसको नेतृत्वमा कसलाई उभ्याउने भन्ने विषयमा बहस संगै आन्तरिक तयारीमा  जुटिरहेका छन् ।

नेविसंघबाट महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सभापति बन्न जसवन्त पौडल होमिएका छन् । त्यस्तै अनेरास्ववियुको तर्फबाट नविन पहाडी सभापतिको दौडमा आफुलाई अघि सारेका छन् । एकीकृत समाजवादीनिकट अनेरास्ववियूका जिल्ला सचिव निर्मल भण्डारी र अखिल क्रान्तिकारीका रोहित यादव सभापतिको दावी गर्दै चुनावी मैदानमा होमिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले नेपाल प्रभावित हुनसक्ने
व्यवसाय प्रवर्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल