Birat Post शनिबार, चैत्र ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ चैत ।
पुल निर्माण कम्पनीको लापर्बाहीका कारण पुल आवतजावत गर्ने ठाउँनै भत्किएको भन्दै पुष्पलाल चोक घिनाघाट विराटचोक सडक खण्ड अन्तरगतका स्थानियहरु आन्दोलित भएका छन् ।

स्थानिय बसन्त हुमागाइको संयोजकत्वमा २५ जना सदस्य रहेको संघर्ष समिति गठन गरेर स्थानियहरु आन्दोलनमा उत्रिएका छन् । यो सडक खण्ड अत्यन्त चालु बाटो हो । जसका कारण अत्यावस्यक कामहरुमा बाधा खडा भएको छ ।

अध्यक्ष हुमागाईले निर्माण कम्पनी संगै मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई भेटेर तत्काल समस्याको समाधानको उपाय खोज्न आग्रह गरेको जानकारी दिए ।

उनले तत्काल डाइभर्सन बनाउनुपर्ने,पुल कहिलेसम्म बन्ने हो त्यो ब्यानर राख्नुपर्ने ,खानेपानिको पायप काटिएकोले तत्काल जोडिनुपर्ने माग सहित आन्दोलनमा उत्रिएको बताएका छन् ।

विरामीहरुका लागि एम्बुलेन्स र आगोलागी हुदा दमकल लान नसकिने अवस्थालाई ध्यान दिन पनि हुमागाइले आग्रह गरेका छन् । शनिबार संघर्ष समितिले पुलछेउमा आफ्ना माग सहित एक घण्टा विरोध प्रदर्शन गरेको छ ।

सम्बन्धित

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

 सम्पादन मण्डल 

यशाेदा सिग्देल

स्वस्तिका पाेखरेल

संंवाददाता
रोशिका अधिकारी

सुजन निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल